२०८१ भाद्र २३
                           

बालबिवाह न्युनिकरणका लागि गाँउगाँउमा जनचेतनामूलक कार्यक्रम

बालबिवाह न्युनिकरणका लागि गाँउगाँउमा जनचेतनामूलक कार्यक्रम

जलबिरे – जुगल गाँउपालिकाको न्यायिक समितिले बाल बिवाह न्युनिकरणाका लागि गाउँ गाउँमा बिबिध कार्यक्रममा संचालन गरिरहेको छ । बाल बिवाहले मानव जिवनमा पर्ने असरका र प्रभावका बिषयमा रहेर बिबिध कार्यक्रम संचालनमा तिब्रता दिएको छ ।

शुक्रबार लैङगिक हिंसा र दुर्ववहार छैन हामिलाई स्विकार भन्ने मुल नाराका साथ संचालन रहेको बालबिवाह न्युनिकरण अभियान वडा नं. ६ को कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद तथा नेकपाका नेता सुभाष कर्मचार्यले बाल बिवाहको अन्त्यको लागि तपाई हामि सबै लागि पर्नुपर्ने बताए । कर्मचार्यले भने हामी कानुनि डरले मात्र हैन आफ्नै शारिरिक मानसिक र पारिवारिक वातावरण सुन्दर बनाउनका लागि बाल बिवाहको बिरुद्धमा लाग्नुपर्छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथि तथा कानुन व्यवसायी शसिनाथ आचार्यले बाल बिवाह सम्बन्धि कानुनि रुपमा रहेको प्रावधान र व्यबस्थाको रुपमा स्पष्ट पार्दै कानुनि रुपमा तोकिएको उमेर २० बर्ष भन्दा कम उमेरमा बिवाह गरेमा कानुनि मान्यता प्राप्त गर्न सक्दैन र यसरी कुनै समस्या आईपरेमा कानुनी उपचारबाट बन्चित हुने समेत उनले स्पस्ट पारे । यसै गरि सोही कार्यक्रमका विशेष अतिथि नेकापा नेतृ अम्बिका नेपालले सरकारको योजना रहे अनुसार बाल बिवाह मुक्त जिल्ला बनाउने अभियानमा जुगल पालिकाबाट शुरुवात गर्नुपर्ने बताइन । उक्त कार्यक्रमका सभापति तथा पालिकाका उपप्रमुख सृजना तामाङले जुगल गाँउपालिका वडा नं. ६ मा भएको लैङगिक हिंसा र दुर्ववहार छैन हामिलाई स्विकार भन्ने मुल नाराका साथ संचालन भएको उक्त कार्यक्रम पौष ३ गते देखि संचालनमा रहेकाे उक्त अभियान हालसम्म पालिका भित्रका ५ वडामा सम्पन्न भईसकेको र अब २ वडामा यसैगरी वडा स्तरिय कार्यक्रम गर्ने र पुन पालिका स्तरिय भब्य कार्यक्रम समेत गरिने सो कार्यक्रमका सभापति तथा जुगल गाँउपालिकाका उपप्रमुख सृजना तामाङले बताईन ।

बाग्मति प्रदेशलाइ बाल बिवाह मुक्त प्रदेश निर्माण गर्ने प्रदेश सरकारको निर्णय अनुसार प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बिगत ६ महिना देखि १३ वटै जिल्लामा बाल बिवाह मुक्त सहजकर्ता खटाएको र जिल्लाका सम्पुर्ण पालिकामा बाल बिवाह न्युनिकरणका बिबिध कार्यक्रम संचालन भइरहेको सिन्धुपाल्चोक जिल्लाका सहजकर्ता अर्जुन शर्मालेे बताए । उक्त कार्यक्रममा इश्वरि अधिकारी सहितको कलाकार टोलिले बाल बिवाह सम्बन्धि जनचेतनामुलक नाटक देखाएका थिए । यसैगरि स्थानिय कलाकारले समेत बाल बिवाह न्युनिकरण सम्बन्धि बिबिध सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्