२०८१ भाद्र २३
                           

चौताराको साँगाचोकगढी नगर टोली भक्तपुरमा

चौताराको साँगाचोकगढी नगर टोली भक्तपुरमा

चौतारा साँगाचोकगढी नगरपालिका-५ का वडाअध्यक्ष नरमान श्रेष्ठ (पालिखे) सहितको टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेटेका छन्।

भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षण लगायत सामाजिक, आर्थिक र शैक्षिक कार्यबारे जानकारी लिन उक्त टोली भक्तपुर पुगेको हो। उक्त भेटमा नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत् स्थानीय भौतिक र आर्थिक सहयोग जुटाई नगरपालिकाले सम्पदा संरक्षण कार्य गरी कम लागतमा बलियो र मौलिक संरचना निर्माण गरेको जनाएका छन्।

यससँगै भक्तपुर नगरपालिकाले विभिन्न कलेज सञ्चालन, व्यायामस्थल व्यवस्थापन, सीपमूलक तालिम, घरघरमा नर्सिङ सेवा, निर्माणाधीन ख्वप अस्पताल, खेलकुद गतिविधिलगायतका बारे पनि उनले जानकारी दिएका छन्।

साँगाचोकगढी नगरपालिकाका उक्त टोलीले भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रका सम्पदाको अवलोकन गर्दै २०७२ सालको भूकम्पपश्चात् सम्पदा पुनर्निर्माणको स्थलगत अवलोकन गरेको थियो

(नेपाल न्युजबाट)

प्रतिक्रिया दिनुहोस्