२०८१ मंसिर ७
                           

सभामुख भेटन सहिदका आमाहरु काठमाण्डौमा

अर्जुन शर्मा, चौतारा । जनयुद्धको औपचारीक शुरुवात भएको साविक कुबिन्डे गाबिसका आमाहरु सभामुखलाई भेटेर शुभकामना दिन सभामुख निवास पुुगेका छन् ।  जनयुद्धको क्रममा २२ जना सहिद र एक जना बेपत्ता भएकाका चौतारा साँगाचोगढी नगरपालिका वडा नं.४ का आमाहरु जनयुद्धकै क्रममा आफ्नो २ छोरा गुमाएकी तुलसीमाया नेपालको नेतृत्वमा आइतबार काठमाण्डौ पुगेका हुुन् । राज्य सत्ताको विरुद्धको संघर्षमा तुलसीमाया नेपालको १ छोरा राज्य पक्षबाट सहिद भएका थिए, भने एक छोरा हालसम्म पनि बेपत्ता रहेका छन् ।
यहाँका आमाहरुले तत्कालिन राज्य सत्ताको विरुद्ध गरेको संघर्षमा आफ्नो काख रित्याउनु मात्रै परेन जेल जीवन समेत भोग्नु परेको थियो । सभामुखका गलामा खादा लगाउदै गर्दा उनिहरुको आँखामा खुसीको आशुले टिलपिल भरिएका थिए ।
भेटमा सभमुखले भन्नुभयो ‘आमाहरुबाट हिजोको दिनमा गरेको दुख बलिदानि कहिल्यै बिर्सने छैन् र म सँगसँगै तत्कालिन राज्य सत्ताको विरुद्धको संघर्षमा सहिद भएका दाइ, दिदि, काका, बा हरुको सपनालाई पुरा गर्नेछु ।’ करिब २ घन्टासम्मको सभामुखज्यु संगको बसाई बिषेश रहेको कुबिण्डे निवासी प्रकास नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्