२०८१ भाद्र २३
                           

चैत १५ पछि मेलम्ची महोत्सव हुने

भ्रमण वर्ष २०२०को सफलता सँगसँगै मेलम्ची क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची नगरपालीकामा मेलम्ची महोत्सव हुने भएको छ । आगामी चैत १५ पछि महोत्सव गर्ने तयारी भएपनि मिती भने तोकीएको छैन ।

नगरपालिका उपप्रमुख भगवती नेपालको अध्यक्षमा बनेको महोत्सव पुर्व तयारी समितिले प्रतिवेदन पेश गरेपछि महोत्सव गर्ने निर्णय गरिएको हो ।

हिजो बसेको नगरपालीका स्तरीय सहजीकरण तथा आयोजक समितीले यस्तो निर्णय गरेको हो । महोत्सवको तयारीको लागि सिन्धुपाल्चोक उद्योग वाणीज्य संघका उपाध्यक्ष जगन्नाथ चालीसेको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिती गठन गरिएको छ । समितिको सचिवमा विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा र कोषाध्यक्ष पर्यटन विकास समितिका सदस्य उमा प्रधानलाई जिम्मेवारी दिइएको रेडीयो मेलम्चीका अध्यक्ष एवं समितिका सदस्य डम्बर रसिक भारतीले जानकारी दिए ।

सो महोत्सवमा विविध साँस्कृतिक झाँकीका साथै लोकदोहोरी प्रतियोगिता समेत सञ्चालन गरिनेछ । महोत्सवमा स्थानीय परिकारका स्वाद चाखन पायनेछ भने कृषी प्रदर्शनी समेत गरिनेछ ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाँउपालिका र सुनकोशी गाँउपालिकाले संयुक्त रुपमा सुकुटे महोत्सब गर्ने निर्णय गरिसकेका छन् । आगामी फागुन १५ गतेबाट चारदिनसम्म सुकुटेको बगरमा सञ्चालन हुने सो महोत्सवको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने टुङ्गो लागिसकेको छ ।

उता भोटेकोशी गाँउपालिकाले पनि चैत १५ बाट तीन दिन तातोपानी महोत्सवको तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० मा बढीभन्दा वढी पर्यटक भित्राउने उद्देश्यले जिल्लामा महोत्सबको तयारी भइरहेको हो । इन्द्रावती गाँउपालिकाले पनि पर्यटन वर्षमा फुड फेस्टीबल गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्