२०८१ भाद्र २३
                           

‘राष्ट्रघाती सम्झौता हुँदैन’ सभामुख सापकोटा

चौतारा- प्रतिनिधि सभा सदस्य सम्माननीय अग्नी प्रसाद सापकोटाले देशलाई घात हुने कुनै पनि सम्झौता नगरिने उद्घोष गरेका छन् । सभामुख भएपछि पहिलो पटक शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आएका सापकोटाले आफु राष्ट्रप्रेमी मान्छे भएकोले कुनै पनि राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताएका हुन् ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सभामुख सापकोटाले आफु सभामुख बन्नुमा सबैभन्दा महत्वपुर्ण भुमीका सिन्धुपाल्चोकबासीको भएको भन्दै सबै जिल्लाबासीलाई धन्यवाद समेत व्यक्त गरे । ४२ सालदेखि शिक्षक संघर्ष गर्दै पञ्चायती निरशंकुसतामा जेल तथा हिरासत समेत भोग्दै व्यवस्थापिकाको प्रमुख बन्न सफल भएकोमा आफु गौरवान्वीत भएको र यसको श्रेय समग्र जिल्लाबासीलाई नै जाने उनले बताए ।
आफु सबै पक्ष र सबै निकायले बोली सुन्ने स्थानमा पुगेको जिल्लाका विकासका लागि जिल्लाबासीले ल्याएको नविनतम योजनाहरुमा आफुले सहयोग गर्ने बताएका छन् । जिल्लाको विकासका साथै सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न आफ्नो पहिलो जिम्मेवारी भएको सापकोटाले बताए ।
जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाँउपालिका, बलेफी गाँउपालिका लगाएत विभिन्न निकाय तथा संघसंस्थाबाट बधमई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहेका तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउन परेको जिकिर गरेका हुन्।
बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्न आवश्यक रहेको बताए। भ्रष्टाचार नियन्त्रणका लागि ठूलादेखि साना सबैले भ्रष्टाचारीको पर्दाफास गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्