त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निवार्चन एक महिना ढिलो हुने भएको छ । आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको हो।
निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो । विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन ।
नेपाल विद्यार्थी सङ्घले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बतायो। नेविसङ्घ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान कुनै समस्या नहुने जनाएको छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको जानकारी दिएको छ ।
अनेरास्ववियुकाले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको जनाएको छ । सहमतिका आधारमा कार्यतालिकासहितको स्ववियु निर्वाचन मिति घोषणा गरिने र विश्वविद्यालयसित केही दिनमा नै यस विषयमा सहमति हुने भएको छ । नेविसङ्घको नयाँ केन्द्रीय समितिसँग यस निर्वाचनको विषयमा छलफल भएको भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्