२०८१ भाद्र २३
                           

नयाँ पाठ्यक्रमले विद्यार्थीको क्षमता खकिने हो कि ?

नयाँ पाठ्यक्रमले विद्यार्थीको गुणस्तरीयता खकिने हो कि ?

पाठ्यक्रम विकास केन्द्रले नेपाली, अंग्रेजी र सामाजिकलाई अनिवार्य तथा ७९ वटा विषयलाई ऐच्छिक विषयमा राखेर नयाँ पाठ्यक्रम प्रारुप बनाएको छ । ऐच्छिक विषयलाई ४ वटा समूहमा राखिएको छ । जसबाट विद्यार्थीले एक एक विषय रोज्नुपर्नेछ । नयाँ प्रारुप अनुसार ११ र १२ कक्षामा संकायगत पठनपाठन हुने छैन । त्यति मात्र होइन विज्ञानका विद्यार्थीले गणित ऐच्छिक विषयका रुपमा पढ्न पाउने छन् । तर यसले विज्ञानका विद्यार्थीको ज्ञानको दायरा खुम्चिने शिक्षकहरुको भनाइ छ ।

अहिले विद्यालय तहमा सबैभन्दा खराब नतिजा गणितमा छ । नतिजा सुधार गर्ने उपायस्वरुप गणितलाई ऐच्छिक विषयमा राखिएको हो । यसले इन्जिनियरिङ र एमबीबीएस तथा विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न समस्या हुने जोखिम छ । पठनपाठनमा सुधार गर्नुको साटो कमजोरी लुकाउने रणनीति अनुसार गणित पढ्न नपर्ने गरी नयाँ पाठ्यक्रमको प्रारुप ल्याइएको भन्दै विज्ञले आपत्ति जनाएका छन् ।

तर पाठ्यक्रम विकास केन्द्रले भने सरोकारवालासँग व्यापक छलफल गरी ल्याइएको नयाँ पाठ्यक्रमको प्रारुपबाट कुनै समस्या नहुने दाबी गरेको छ ।

पाठ्यक्रम समायुनुकलु बनाउनु स्वाभाविक हो । तर नतिजा सुधारका नाममा लागू गर्न लागिएको पाठ्यक्रमका कारण विद्यार्थीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयतामै प्रभाव पर्न सक्नेतर्फ अहिले नै सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्