२०८१ भाद्र २३
                           

धर्म संस्कृति र राजनीति

  • केशवलोचन शर्मा

मानव विकासक्रममा प्रकृपतको अदृश्य अदभूत शक्ति अनुभव गर्यो तव मानवले प्रकृतिका हरेक निरञ्जन निराकार शक्तिको वारेमा भोत्लिन थाल्यो । त्यसवाट बच्न र त्यस्ता प्रकृतिका शक्तिको उपयोगवाट जिवन धान्ने जुक्ति निकाल्दै गयो । प्रकृति र मानव विचको अन्जानमा रहेको अन्योव्यहित सम्वन्धले विस्तार स्थायित्व लिदै गयो । यसवेलामा ढुङ्गा जुधाएर आगाको आविस्कार गर्न सक्ने युगमा आइपुगेको थियो । आफै बल्ने, तातोहुने, पोल्ने, स्वाद, रंग परिवर्तन हुने जस्ता घटना आगोको कारणवाट अनुभूत, अनुभव गर्दै गयो । एकातिर आगोको कारण फिरन्ते जीवनका यात्रा कम भएर स्थाई वसोवासको रुपमा परिवर्तन भयो भने अर्कातिर वच्नको लागि प्रकृतिको शक्तिको निर्भर रहेको अनुभूत गर्दै आयो । यसरी एकत्रित वसोवासको विस्तारीत क्रम र अर्का तिर अदृश्य शक्तिको उल्यादनमा जिवन निर्वाहको तत्वज्ञानको अभिवृद्धिले तत्कालिन मानव समाजले आगो र धतिलाई आफ्नो दाता संरक्षण मान्न थाल्यो र धर्तिलाई (आमा जस्तो छाति चुसाएर जिवन वचाउछिन्) र आगो हाल मुलरुपमा देखिएको उभौति र प्रकृति पूजा) सिज जस र धान्य पूर्णिमा प्रकृतिको वरदान अन्न पूजा), ल्होसार (प्रकृति पूजा) शिवरात्रि (संरक्षणको पूजा) र यसका अतिरिक्त ऋषितर्पणी, दशै आदि । जस्को पोलाई सहन नसकेर सत्रु भाग्दछ । भगाउन सिके त्यसकारण पिता अर्थात संरक्षक मान्न थाले । यसरी मावन समाजको संस्कृति प्रकृति पूजावाट प्रारम्भ भएको हो ।

मानव सभ्यताको विस्तार संगसंगै मानवका पञ्चइन्द्रियको अनुभूती र अनुभवलाई मानव मस्तिष्कले निर्णायक ज्ञानमा परिणत गर्ने जुन मानव शरिर भित्र रहेको अलौकिक तत्व-गुण-स्वभाव हुन्छ त्यसले स्वचालित ढंगमा अभिवसद्धि गर्दै गयो । यहि सिलसिलामा आज पर्यन्त प्राकृतिक पूजाका सयौ संस्कृति रहि आएका छन् । संस्कृतिको उद्गम जाहाँसुकै भएपनि मानव समाजको भौगोलिक अवस्थिति, भौगोलि रुपमा उपलव्ध हुने श्रोत साधन, हावापानी आदिको कारणवाट यसको निरन्तरता हुँदा विभिन्नता रहन्छ । उदाहरणको लागि हामी थुप्रै जातजातिको प्रकृति पुज्ने संस्कृतिलाई लिन सक्छौ तराईमा खेत पूजा भाद्रमा गर्छन्, पहाडतिर नेवार समुदायले श्रावणमा ब्राम्हण क्षेत्रीले असोजमा भने पूर्व तिरका प्राय जनजातिले माघ महिनामा पूजा गर्ने संस्कृति रहेको छ ।

संस्कृति हरेक जातजातिको फरक हुन सक्छ तर उद्गम विन्दु एउटै हुन्छ जस्को कारण पूजा कृयाकलाप फरक भए पनि उदेश्यमा समानता पाइन्छ । यसरी नै विभिन्न जाजजातीले मनाउदै आएको विभिन्न सांस्कृतिक चाडपर्वको स्वरुपमा फरक देखिएता पनि सारमा एउटै हुन भन्दा अत्युक्ति नहोला तर धर्मले सस्कृतिलाई आफ्नै औजार वनाएको छ । भिन्न भिन्न धार्मिक सम्प्रदायकलाई तिमी फरक हौ भनेर पहिचान दिन संस्कृतिको स्वरुपमा फरक आवरण लगाएर उनीहरुको आँगनमा नचाएको छ । आफ्नो आँगनमा संस्कृति नाचिरहला फरक धार्मिक सम्प्रदायमा द्धोष, इष्र्याको विजारोपण गरेको छ । यसैको परिणाम हुन नेपालमा दुइ पटक हिन्दु र मुस्तिम विचमा धार्मिक द्धन्द भयो । यहुदीको नास हुनु, मुस्तिम समुदायमा हाल सम्म पनि रहेको द्धन्द आदि उदाहरण लिन सकिन्छ हुन त आज झट्ट हेर्दा धार्मिक द्धन्द देखिए पनि यस भित्र राजनिति स्वार्थले द्धन्दको सुत्रधारको भूमिका निर्वाह गरिरहेको थियो र छ पनि ।

नेपालमा वि.सं.२०४६ सालमा प्रजातन्त्र पूनस्र्थापना पूर्व पञ्चायतले हिन्दु सम्प्रदायको संस्कृतिजन्य चाडपर्वलाई मात्रै मान्यता दिएको थियो । अन्य सम्प्रदाय र त्यस भित्र रहेका विभिन्न जाजजातीको धार्मिक सांस्कृतिक चाडपर्वलाई मनाउन संवैधानीक रुपमा बन्देज नगरिएको भएपनि सरकारवाट कुनै पनि किसिमको सहुलियत, सुविधा प्रदान गरिएको थिएन । हिन्दु सम्प्रदाय वाहेक अन्य सम्प्रदाय, समुदाय उत्पिडन महशुस गरिरहेका थिए । २०४७ सालो परिवर्तनले केहि उन्मुक्ति दिएपनि सम्प्रदाय, समुदामयमा आफ्नो संस्कृति प्रतिको चासो राख्ने माध्यमको अभाव, ज्ञानको कमी आदिका कारण हिन्दु वाहेकका अन्य जातजातीले आफ्नो मुल संस्कृति (चाडपर्व) लाई आफ्नै सानो आँगनमा सिमित गर्न वाध्य थिए । अर्को अर्थमा भन्दा आफ्नो संस्कतिलाई खलालीले स्वास दिएर बचाइरहेका थिए ।

गणतान्त्रीक नेपालको संविधान २०७२ले धर्म निरपेक्षता सिद्धान्तको घोषणा ग¥यो भने सवै समुदायले आ–आफ्नो संस्कृति मनाउन पाउने स्वतन्त्रता समेत प्रदान गर्यो। सवै सम्प्रदाय, समुदायका नागरिकलाई सम्मान गर्दै मुख्य मुख्य सांस्कृतिक चाडपर्वमा सहुलियत स्वरुप विदा दिदै आएको छ । यसलाई एउटा पक्ष उपलव्धी हो भन्न सकिन्छ यसमा कति समानता, कति असमानता र किन भन्ने विषमा वहश गर्न सकिन्छ । एउटा यो लेखको आशय त्यता तिरहैन ।

एउटा बालकले बिछोेडियकी आमा वा आफ्नो सन्तान भेट्दा जति हर्षले विभोर भएको दृश्य भन्दा कम छैन अहिले नेपालका ठूला शहरदेखि कुना कन्दरा सम्ममा रहेको विभिन्न सम्प्रदाय भित्रका जातजातीले आयोजना गर्ने आफ्ने सांस्कृतिक चाडपर्वका कार्यक्रमहरु वर्षौ हैन पुस्तौ देखि आँगनको चौघेरामा सिमित रहेको आफ्नो आस्थाको धरोहर, पुस्ताको नासोलाई विनाधक अँगाल्न पाउदा कुनचाहि प्राणी हर्ष विभोर नहोला । कुन समुदायको सचेत नागरिक उत्मुक्त भएर समर्पित नहोला । यो प्राणी जगलमा दाम्लोवाट फुत्किएको एउटा बाच्छोले त आफ्नो स्वभाविक हो । विशेषगरी हिजो उत्पिडनमा परिएका जनजातीहरुमा आफ्नो संस्कति, चाडपर्व, भेषभुषा आदिको प्रर्दशन, संरक्षण सम्वर्दन गर्न सकृयता वढाएको देखिन्छ । नेता देखि सामान्य नागरिक सम्म गर्वका साथ सहभागी भएको पाइन्ट । निजी जिवनमा वाहेक सार्वजनिक कार्यक्रममा लाखौ खर्च गरेर कार्यक्रमलाई ज्ञान वद्र्धक भन्दा पनि मनोरन्जनात्मक तर्फ उन्मुख गराएको देखिन्छ । सार्वजनिक निमन्त्रणा गरिए पनि कार्यक्रम स्थलमा उपस्थित व्यक्तिलाई सरसर्ति नियात्दा एकल जातिय युवायुवतीको वाहुल्यता हुनु स्वभाविक रहेपनि अन्य जातजातीवाट सिक्ने र सिकाउने सद्भाव दिने र लिने जस्ता गर्विलो तत्वहरुलाई संगसंगै अगाडी वढाउन नसकेको भन्न सकिन्छ । अरुलई सिकाउनु भन्दा अगाडी आफूले सिक्नु पर्छ भन्ने मान्यता भन्दा फरक शैलिवाट सामाजिकीकरण हुदै हुर्केको आजको पुस्ताले पनि आफ्नो संस्कृति जगेर्नाको लागि यति सम्म प्रयास गर्नु नै ठूलो श्रेय मान्नु पर्दछ ।

अहिले देशको कुनाकुनामा सास्कृतिक तामझाम हुदै आएका छन् । को भन्दा को कमको स्थिति हुदै आएको छ । हरेक बस्तिमा हुने यस्ता साँस्कृतिक कार्यक्रममा आयोजकको विचार प्रदान हुन्छ । सोही अनुसार नेताको उपस्थिति रहन्छ । मायाप्रितिका गीत संगित संगसंगै हास्यव्यङग्यको नाममा भाषा, संस्कृति, भेषभूषा आदिलाई अपहेला गरेर जग हसाइन्छ । उत्पिडनका कथा (इतिहास छैन) बाँदरले घाउ कोट्याइन्छ आम जनमानसलाई क्षणिक उद्धलित वनाइन्छ । विषय प्रसंगमा वहश आवश्यक भए मेरो घरको ढोका तपाईको लागि सदा खुल्ला छ भनेर नवोली सदासयता देखाएर चाकडीको लागि लाम लाग्न आव्हान गरिन्छ । यतिमात्र हैन खुलेआम सांस्कृतिक पर्वमा राजनीतिक विचार आफू र आफ्नो पार्टीको गौरवगाथा सुनाइन्छ । यसले के संकेत गरिरहेको छ भने सांस्कृकित चाडपर्व, भेषभुषा आदीको सम्वद्र्धन र प्रवद्र्धनको नाममा राजनीतिले छिर्के हान्दै छ । छिर्के छान्नु भनेको कसैलाई लडाएर आफू विजेता वन्नु हो । विगतमा शासक वर्गले यिनै जातजातीलाई छिर्के हान्दा लडेका समुदाय हजारौ सपुतका वलिदानीका सघर्षले सताव्वियौ पश्चात वल्ल उत्मुक्तिको गोरेटोमा पाइला राख्दैछन् पुन स्वस्प फेरिएको शासबबमे चङ्कुलमा त फस्दै छैन नव उन्मुक्त वर्ग सोचनिय पक्ष हो ।

अर्कातिर व्यक्ति प्रधान राजनीतिको आडमा कुनै पनि वर्ग त्यसको संस्कति भाषा,चाडपर्व आदीको उत्थान हुन्छ भने देख्ने दिवा स्वप्न जस्तै हो । व्यक्ति प्रधान भन्दा संगठन प्रदान राजनीति वलियो हुन्छ । यो धु्रवसत्य हो । अर्को यो पनि सत्य हो कि एकल संगठन भन्दा राष्ट्रिय संगठन मजवुत हुन्छ । त्यसकारण आफ्नो सांस्कृतिक धरोहरको उत्थानको लागि संरक्षण सम्वद्धन र प्रवद्र्धनका विशुद्ध कार्यक्रमको प्रारम्भ गर्न एकमात्र अवतरण भइसकेको नया जिवनलाई बचाउन सकिन्छ अन्यथा इतिहास नदोहरियला भन्न सकिन्न । शासक भनेको शासकनै हुन् तिनीहरुको रुप भेषभूषा फेरिएको देखिए पनि मति संचाल गर्ने संयन्त्र उही पुरानै हो । सताव्दियौ पश्चात ठूला वलिदानवाट उन्मुक्त स्वतन्त्र भएको उत्पिडित संस्कृति फेरी भुङ्ग्रोवाट उम्किएको माछो तावामा नहोस् । सफताको शुभकामना ।

(लेखक त्रि.वि.वि.वाट समाजशास्त्री हुन्)

प्रतिक्रिया दिनुहोस्