२०८१ भाद्र २३
                           

स्काउट र प्रहरीले साझेदारी रुपमा कार्यक्रम गर्ने

स्काउट र प्रहरीले साझेदारी रुपमा कार्यक्रम गर्ने

चौतारा – अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणा अनुरुप नेपाल प्रहरीले नेपाल स्काउटसँग समझदारी गरेको छ ।

‘समुदाय प्रहरी साझेदारी’ अभियान अन्तरगत पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारी पत्रमा कार्यक्रमको कार्यान्वयन, श्रोत व्यक्तिको आदानप्रदान, एकीकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना आदानप्रदान, भ्रमण र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएको छ ।

सोही अनुरुप आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको स्काउटसँग परिचयत्मक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध नियन्त्रण लगायत सामाजिक विकृतिका विषयहरु नियन्त्रण गर्न नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रमुख प्रजोल महर्जनले अत्यन्त सक्रिय रुपमा रहेको युवा जमातलाई साझेदारी मार्फत थप सचेत गराउनुपर्ने बताएका थिए ।

आगामी दिनमा स्काउटले गर्ने सामाजिक कार्यहरुमा प्रहरीको समेत सहयोग र समन्वय रहने प्रतिबद्धता उनले व्यक्त गरेका थिए ।स्काउट र प्रहरीले साझेदारी रुपमा कार्यक्रम गर्ने

त्यसै क्रममा बोल्दै जिल्ला स्काउटका समन्वय आयुक्त मिना देबी श्रेष्ठले स्काउटले पनि जिल्ला प्रहरीसँग मिलेर बिभिन सकारात्मक कामहरु गर्दै प्रहरीसँग अघी बढ्ने कुरा बताइन ।

यसै क्रममा जिल्लामा सन्चालन भाईरहेका स्काउटको कक्षाका बिद्यार्थीहरुलाई जिल्लाका बिभिन प्रहरी कार्यालयहरुमा शैक्षिक अवलोकनना लगिले भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्