२०८१ भाद्र २३
                           

लिसंखुमा बस दुर्घटना हुँदा ३ घाइते

लिसंखुमा बस दुर्घटना हुँदा ३ घाइते

जिल्लाको लिसंखुपाखर गाउँपालिका–५ स्थित १९ किलो मा यात्रुबस दुर्घंटना हँुदा तीन घाइते भएका छन् । लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत दोलखाबाट काठमाण्डौ तर्फ जादै गरेको रोल्वालिङ समितिको बा ४ ख ५१५१ नं.को बस आफै अनियन्त्रित भई सडकको बाया साईडको भित्तामा टोकिन जादा ३ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार लिसंखुपाखर गाउँपालिका वडा ५ कि ठूलीकान्छी तामाङको टाउको र ढाडमा चोट लागेको छ । सोही स्थानकी फूलमाया तामाङको नाकमा चोट ढाडमा चोट र सोही स्थानकै सन्चमाया तामाङको हात र टाउकोमा सामान्य चोट लागेको छ ।
घाईतहरुको उपचारको लागि खाडिचौर पठाईएको प्रहरीले जनाएको छ । बस घटना स्थलमा नै रहेको, चालक सम्पर्कमा नै रहेका छन् । प्रहरीका अनुसार बसको अगाडिको सिसा फुटेको छ ।

  (सिन्धु खबरबाट) 

प्रतिक्रिया दिनुहोस्