२०८१ भाद्र २३
                           

चुलो छोइएला भन्दै दुर्व्यहार

दुर्व्यहार

बलेफी –  बलेफी गाउँपालिका वडा न. ८ लामोसाघुको सन्तोषी होटलमा मनिक गहतराजलाई चुलो छोईएला भन्दै जातिय छुवाछूतजन्य दुर्व्यहार भएको छ ।

बिहानको समयमा खाजा खान भनेर नजिकैको सन्तोषी होटलमा गएका मनिकलाई होटलमा चिया खाएर निजकी श्रीमति पार्वती कार्कीलाई पैसा दिने क्रममा संचालक नेत्र बहादुर कार्कीले कामी भएर चुलो नजिक आउन पाइदैन नत्र नराम्रो होला भन्दै धम्काउदै दुव्र्यवहार गरेको पिडित गहतराजले बताए । घटना लगत्तै गहतराजले न्यायका लागि प्रहरी चौकी लामोसाघँुमा लिखित निवेदन पेश गरेका छन् ।

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २०६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपूर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेकोले दोषिलाई आवश्यक कारबाहि र पिडितलाई न्याय दिलाउने कार्यमा पूर्ण रुपमा लाग्ने दलित अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष उमेश विश्वकर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्