२०८१ मंसिर ६
                           

ब्लड क्यान्सर भएकी रितुलाई बचाउन अपिल

चौतारा- सानै उमेरमा ब्लड क्यान्सरको पीडित बन्न पुगेकी सिन्धुपाल्चोकी चौतारा साँगाचोकगढी नगरपालिका– ८, इर्खुकी रितु तामाङलाई बचाउन परिवारले अपिल गरेको छ ।

उपचार गर्दा थुप्रै रकम खर्च भईसकेको भन्दै पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका हुन् । ‘हाम्रो आर्थिक अवस्थाले उनलाई बचाउन गाह्रो भईरहेको छ’, उनले भने– ‘उपचार गर्न पैसाको अभाव भएको कारण देश विदेशमा छरिनु भएको सम्पूर्णले आफ्नो स्तरबाट सकेको सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

पीडित तामाङको अहिले ललितपूरको पाटन अस्पतालमा उपचार भईरहेको छ । उनलाई बचाउन चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सहयोग सङ्कलन सुरु गरेको जनाएका छन् । उनलाई सहयोग गर्न चाहनुहुने महानुभावले पीडितको दाजु मिलन तामाङको मेघा बैंकमा रहेको खाता नं. ०१४००५०१६७३५३ वा बुबा मन्ते तामाङको जनता बैंकमा रहेको खाता नं. ००६१०१००५४१६३०१ मा आर्थिक रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्