२०८१ मंसिर ७
                           

विद्यार्थीद्वारा ब्लड क्यान्सर पीडित रितुलाई सहयोग

चौतारा- सिन्धुपाल्चोकका विद्यार्थीहरुले ब्लड क्यान्सरबाट पीडित चौतारा साँगाचोकगढी नगरपालिका– ८, इर्खुकी रितु तामाङलाई सहयोग गरेका छन् ।

अनेरास्ववियु सिन्धुपाल्चोकका संयोजक मिलन लामाको अगुवाईमा ‘रितु तामाङ बचाऔ अभियान’ सञ्चालन गरी संकलन भएको १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ सोमबार हस्तान्तरण गरिएको हो । ‘हाम्रो सानो सहयोगले उनको जीवन बँच्न सक्छ भने किन अनिभायन सञ्चालन नगर्ने भनेर आर्थिक संकलन गरेका थियौं’, अभियान्ता मिलन तामाङले भने– ‘ज–जसले सहयोग गरी अभियानलाई साथ दिनुभयो उहाँहरुप्रति आभार व्यक्त गर्दछु ।’ तामाङले रितुको उपचारको लागि अझैं रकम अपुग भएका कारण सहयोगको आग्रह समेत गरे ।

पीडित तामाङको अहिले ललितपूरको पाटन अस्पतालमा उपचार भईरहेको छ । सानै उमेरमा ब्लड क्यान्सरको पीडित बन्न पुगेकी तामाङलाई बचाउन परिवारले अपिल गरेको छ । उपचार गर्दा थुप्रै रकम खर्च भईसकेको भन्दै पीडित तामाङका बुबा मन्ते तामाङले छोरीलाई बचाउन सहयोगको अपिल गरेका हुन् । ‘हाम्रो आर्थिक अवस्थाले उनलाई बचाउन गाह्रो भईरहेको छ’, उनले भने– ‘उपचार गर्न पैसाको अभाव भएको कारण देश विदेशमा छरिनु भएको सम्पूर्णले आफ्नो स्तरबाट सकेको सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

उनलाई सहयोग गर्न चाहनुहुने महानुभावले पीडितको दाजु मिलन तामाङको मेघा बैंकमा रहेको खाता नं. ०१४००५०१६७३५३ वा बुबा मन्ते तामाङको जनता बैंकमा रहेको खाता नं. ००६१०१००५४१६३०१ मा आर्थिक रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्