२०८१ मंसिर ७
                           

‘उत्पादन जोगाउन बाँदर ब्यवस्थापन जरुरी’ तामाङ

चौतारा- चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले स्थानीय उत्पादनलाई जोगाउन बाँदर ब्यवस्थापन गर्न जरुरी रहेको बताएका छन् ।

चौतारा सागाचोकगढी नगरपालिका– १३ मा बुधबार भएको कृषि उद्धम पहिचान र अन्तर वडा अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख तामाङले बाँदर नियन्त्रणको विषयमा नगरकार्यपालिकामा व्यापक छलफल भैरहेको बताए । ‘हाम्रो स्थानीय उत्पादनलाई बाँदरबाट जोगाउन निक्कै चुनौति देखिएको छ’, उनले भने– ‘हामी छिट्टै यसको उचित र प्रभावकारी विकल्पको खोजी गछौं ।’ तामाङले आधुनिक कृषि प्रणालीमा जोड दिने खालका कार्यक्रम बनाई नगरपालिकामा प्रस्ताव ल्याउन कृषकहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा कोदो, मकै र स्थानीय खाद्य परिकार उत्पादन, प्रवद्र्धन र बजारीकरणबारे छलफल गरिएको थियो । कार्यक्रमकै बीच मकैको महत्व र यसले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे अन्तरक्रिया समेत गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेलले सो विषयमा छलफल चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्