२०८१ भाद्र २३
                           

हेटौडाको प्रयोगशालामा कोभिड-१९ को परिक्षणको तयारी अन्तिम चरणमा (भिडियो सहित)

हेटौडाको प्रयोगशालामा कोभिड-१९ को परिक्षणको तयारी अन्तिम चरणमा (भिडियो सहित)
कीटजन्य रोग अनुसंधान तथा तालीम केन्द्र (VBDRTC), हेटौडामा रहेको प्रयोगशालामा कोभिड-१९ को परिक्षणको तयारी अन्तिम चरणमा पुगेको छ। आज बिहान मा.मन्त्री युबराज दुलाल आफैंले प्रयोगशालाबिद सहित स्वास्थ्य पदाधिकारीको टिम लियर सबै मेशीनको अवस्था बुझ्नु भयो। स्वास्थ्य निर्देशक रमेश अधिकारी , डा.पुरुषोत्तमराज सेढाई, केन्द्रीय मन्त्रालयबाट माईक्रोबायोजिस्ट बिष्णु उपाध्याय, प्रदेश प्रयोगशाला प्रमुख नारायण कार्कीलगयत रहेको टिम ले यस प्रयोगशालाबाट कोभिड -१९ परिक्षण गर्न सकिने निस्कर्ष निकालेको छ। र प्रयोगशाला यथाशीघ्र सन्चालन गर्न मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आवश्यक समन्वय गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्