२०८१ मंसिर ६
                           

राहत वितरण रोकमा आफूलाई जोडिएपछि नेता सापकोटाको आपत्ति ।

चौतारा / नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता माधव सापकोटा सुवोधले आज विहान बाह्रविसेमा राहत सामाग्री प्रहरीले रोकेको समाचारमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् ।
दैनिक नेपाल डट कम र रिपव्लिका डेलीमा प्रकाशित सिन्धुपाल्चोकमा पूर्वमन्त्रीको सहयोग वितरणमा अवरोध भन्ने समाचारमा आफ्नो चरित्र हत्या हुने तरिकाबाट प्रेषित भएको भन्दै यसले पीतपत्रकारितालाई बढावा दिएको ठहर गरेका छन् । राष्ट्र एउटा गम्भीर र सम्वेदनशिल मोढबाट गुज्रिरहेको बेलामा सबैले सही र सुझबुझका साथ अगाडी बढ्नु पर्नेमा उल्टै यस्ता निराधार र कपोकल्पित समाचार प्रकाशित गर्नु बौद्धिक दरिद्रता मात्र नभएर मानव जगतकै कलङ्क भएको नेता सापकोटाले भनाई छ ।
आफूले कसैलाई नधम्क्याएको र प्रशासन लगाएर कसैको राहत वितरण नरोकेको नेता सापकोटाको जिकिर थियो । “हाम्रा प्रहरी प्रशासन आफै सक्षम र सबल छन् समय परिस्थिति अनुसार कसलाई कस्तो कारवाही गर्नुपर्छ उहाँहरुलाई थाह छ” नेता सापकोटाले भने तर मेरो नाम जोडिएर कपोकल्पित समाचार लेखेर प्रकाशन गर्नु पीतपत्रकारिताको पराकाष्ठा हो ।
त्यसो त सापकोटाले बस्नेतको कार्य जोखिमको बढावा भएको दावी गरे । बस्नेतले हुल बाँधेर संक्रमणको जोखिम बढाइरहेको सापकोटाले आरोप लागए । सरकारले लकडाउन गरेको छ, त्यो सबैले मान्नु पर्छ सापकोटाले जुगलखवरसँग भने ‘विपदमा सस्तो लोकप्रियताका लागि राहतको नाटक गरेर जनताको स्वास्थ्यमाथी खेलवाड कसैले गर्नु हुँदैन । राहत दिने इच्छा भएपनि विपद व्यवस्थापन समिति मार्फत दिन नेता सापकोटाले आग्रह गरे । त्यस्तै सिन्धुपाल्चोक जिल्लाका प्रहरी प्रमुख प्रज्वल महर्जनले पनि राहत वितरण एकद्वार नीति अनुसार हुनुपर्ने जिकिर गरेका छन् । आजै नेता सापकोटाले सोही समाचारको विषयलाई लिएर ध्यान अकार्षन पनि गराएका छन् । ध्यानाकर्षण पत्रमा हरेक व्यक्तिको राजनीतिक आस्था, आवद्धता निष्ठाको उच्च सम्मान गर्दै नेता सापकोटाले आफूमाथि लागेको आक्षेपको मूल्यांकन आम सिन्धुबासीले गर्ने विश्वास व्यक्त गरेका छन् । नेता सापकोटाले भिडभाड जम्मा नगरि सरकारले दिएको निर्देशन पालन गरि आ–आफ्नो ठाउँबाट सहकार्य र सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
यस्तो माधाव सापकोटा (सुवोध) वाट जारी ध्यानआकर्षण पत्रमा यसो भनिएको छ ।
कोरोना भाइरस (COVID 19) विरुद्दको प्रतिकार्यको लागि जिल्ला विपद व्यवस्थापन समिति, सिन्धुपाल्चोक सक्रिय भएर जुटिरहेको छ । यस विषम परिस्थितिमा सवै जुटी आ–आफ्नो क्षेत्रबाट सरकारले लागु गरेको लक डाउनलाई पूर्ण रुपमा पालना गर्दै सहयोग गर्नु पर्ने दायित्व समेत हामी समक्ष रहेको रहेको छ । यही परिवेशमा दैनिक नेपाल लगायत केहि अनलाईन पत्रिका र सामाजिक संजालमा मेरो नाम जोडेर प्रकशित समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । सोही अनलाइनमा प्रकाशित समाचारमा , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कोरोना भाइरसविरुद्द प्रयोग हुने सामग्री वितरणमा आफूले रोक लगाइएको छैन र एक द्दार प्रणालीबाट वितरण गर्ने निर्णय भएको छ, भनिएको छ । प्रकाशित समाचार आफैमा बाझिएको छ । हाम्रो जिल्ला सिन्धुपाल्चोकले जुरे पहिरो ,महाभूकम्प लगायतका विपदहरुको पटक– पटक सामना गरी सामुहिक रुपमा प्रतिकार्यसमेत गरिसकेका छौ । रास्ट्रिय हुदै अन्तरास्ट्रिय विपत्तिको वर्तमान परिवेशमा यस्ता कपोलकल्पित समाचार वाहिर आउनु आफैमा निन्दनीय छ। हरेक व्यक्तिको राजनैतिक आस्था, आवद्दता र निस्ठाको उच्च सम्मान गर्दै व्यक्तिगत आक्षेप लगाउनेलाई नै मेरा सिन्धुपाल्चोक वासी आमावुवा, दाजुभाई र दिदीवहिनीले आफै मूल्यांकन गर्नु नै हुने छ । जिल्लामा जिल्ला विपद व्यवस्थापन समिति र पालिकामा स्थानीय विपद व्यवस्थापना समिति रहेकोले दुवै समितिलाई मेरो सहयोग सदैव रहिरहेने छ। कोरोना भाइरस (ऋइख्क्ष्म् ज्ञढ) को संक्रमण बाट हामी सवै जोगिन यस अवस्थामा सकेसम्म भिड भाड नगरी सरकारले दिएको निर्देशन पूर्ण रुपमा पालना गरि आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गरौ ।

प्रतिक्रिया दिनुहोस्