कोरोना भाईरस (कोभिड १९) संक्रमणको रोकथाम एवम् नियन्त्रणका लागि धुलिखेल अस्पतालमा निर्माण गरिएको आईसोलेशन वार्ड, बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले अनुगमन गर्नु भएको छ । काठमाडौं बिश्वबिद्यालयका उपकुलपति रामकण्ठ मकाजु, धुलिखेल अस्पतालका निर्देशक राजेन्द्र कोजु, प्रदेश संसाद चन्द्र लामा, ने.क.पा . केन्द्रीय सदस्य माधब सापकोटा (सुबोध), ने.क.पा.नेता सरल सहयात्री लगायत स्थानीय प्रतिनिधी सहितको सहभागिता रहेको थियो । अनुगमन क्रममा प्रदेश सरकार र धुलिखेल अस्पतालको सम्वन्यमा धुलिखेल अस्पतालमा कोरोना भाईरस (कोभिड १९) को परिक्षण ल्याब संचालन गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्