२०८१ मंसिर ७
                           

वलेफीको योजना: निम्न वर्गलाई खाद्यन्न, जनप्रतिनिधीवाटै रोकथाम कोष स्थापना

बिदुर आचार्य- वलेफी गाँउपालिकाले दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गलाई राहत प्याकेज वितरण गर्ने भएको छ । आज (आईतवार) गाँउ कार्यपालिकाको बैठकले दैनिक ज्यालादारी मजदुर र न्यून आयस्रोत भएका परिवारलाई खाद्यन्न राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको वलेफी ८ का वडाअध्यक्ष चरी वहादुर तामाङले जानकारी दिए । कोषको स्थापना गर्दै गाँउपालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमला कायस्थले रु वीस-वीस हजार र आठै वटा वाडाका अध्यक्षले रु पन्ध्र-पन्ध्र हजार सहयोग गरेको समेत अध्यक्ष तामाङले जानकारी दिए । ‘कोषको स्थापना गरिएको छ, अव स्रोत जम्मा गर्न लाग्नेछौ,’ पालिका प्रमुख केदार क्षेत्रीले भने, ‘हामी सचेतना जगाँउदै जनतालाई आवश्यक सामाग्री जुटाउने क्रममा छौ ।’ उनले यो विषम परिस्थितिमा सहयोगी भावना अभिब्यक्त गर्न अनुरोध समेत गरेका छन् । बैठकले पालिका भित्र कोही कसैलाई स्वास्थ्य समस्या देखिएमा तुरुन्त सम्पर्क गर्न स्वास्थय प्रमुख सुरेश साह (९८४३१८८९०५) र कोरोना रोकथामको लागि समन्वय समितिका स्रोत ब्यक्ति सुकुलाल तामाङ –९८४३१६८०६२) को हटलाईनमा सम्पर्क गर्न मिल्ने ब्यवस्था गरेको छ । साथै विदेश वाट फर्किएका पालिका भित्रका नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने र वडा नं ८ मा रहेको सुविधा युक्त क्वारेन्टाईनलाई थप ब्यवस्थित गरि पालिका स्तरीय क्वारेन्टाईनको रुपमा संञ्चालनमा ल्याईने पालिका प्रमुख क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्