२०८१ भाद्र २३
                           

चाैतारामा ५० लाखकाे आपतकालीन काेष

चाैतारामा ५० लाखकाे आपतकालीन काेष
चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखकाे विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको नगरपालिकाको बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि ५० लाखकाे विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो।
नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अति विपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ। सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका बिपन्न परीवारहरुको वडाबाट लगत संकलन गरी राहत उपलब्ध गराउने नगरपालिकाका उपप्रमूख जानुका पराजुलीले जानकारी दिइन्।
यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनिहरूको परिवारको स्वास्थ्य परिक्षण गर्ने निर्णय समेत गरेको छ। मेडिकल अधिकृतको नेतृत्वमा घर-घरमा गएर स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो।
                                                                                                                                                                                             (लोकपाटीबाट)

प्रतिक्रिया दिनुहोस्