चौतारा– पूर्व कानुन मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद् शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
आज जिल्लामा रहेको तीनै वटा क्षेत्रीय क्वारेन्टाईनलाई पीपीए सेट, स्यानिटाईजर, मास्क, ग्लब्सलगायतका सामग्री हस्तान्तरण गरेका हुन् । क्षेत्रीय क्वारेन्टाईन चौताराको लागि जिल्ला विपद् ब्यवस्थापन समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत क्षेत्रीय क्वारेन्टाईन ब्यवस्थापन प्रमुख तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै ग्रामीण महिला सिर्जनशील परिवारमा रहेको क्षेत्रीय क्वारेन्टाईनमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङसहित क्वारेन्टाईन ब्यवस्थापन समितिको संयोजक तथा वाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पालाई समाग्री हस्तान्तरण गरिएको हो ।
आजै क्षेत्रीय क्वारेन्टाईन मेलम्चीमा पनि सो सामग्री हस्तान्तरण गरिएको छ । सांसद् तामाङले एक हजार पाँच सय मास्क, एक सय थान सेनिटाईजर, पन्ध्र सेट पीपीए, तीन हजार ग्लब्स लगायतका सामग्री वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्