२०८१ भाद्र २३
                           

खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक- १३ माघदेखि बन्द तातोपानी नाका नियमित सञ्चालन सुरु गरिएको छ । बुधबार साँझ नाकाबाट मास्क र सेनिटाइजर भित्याउँदै नाका खुलाइएको हो ।

नाका सञ्चालनसँगै चीनबाट १९ बाकस मास्क, १० बाकस सेनिटाइजर आयात भएको छ । नाकामा अन्तराष्ट्रियस्तरको ‘हेल्प डेस्क’को परीक्षण सकेपछि नियमित सञ्चालन सुरु गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । अति आवश्यक सामान भित्याउने सहमतिसहित नाका खुलाईएको उनले जानकारी दिए ।

प्रशासन, भन्सार, जनप्रतिनिधि, सुरक्षाकर्मीबीचको बृहत छलफलले टुंग्याएको ३ बँुदे निर्णयअनुरुप सुरक्षित रुपमा नाका खुलाइएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘चीनियाँ प्रतिनिधिसहित बसेको छलफलबाट नाका सहज रुपमा खुलाउने निर्णय गरिएको हो’, अध्यक्ष पौडेलले भने– ‘उच्च सुरक्षा अपनाउँदै नाकामा हेल्थ डेस्क राखेर सामग्री आयात गर्ने व्यवस्था मिलाएको छौं ।’ अहिले तत्काल नाकाबाट अति आवश्यक बस्तु, खाद्यान्न र औषधीजन्य सामग्री ल्याउने सहमति भएको उनले बताए ।

आयात मास्क र सेनिटाइजर चीनियाँ प्रहरीले आवश्यक परीक्षण गरेर मितेरी पुलसम्म ल्याइदिएका थिए । बिएम र्डेडीका व्यवसायीले खरिद गरी ल्याएको स्वास्थ्य सामग्री चीनियाँ प्रहरीले आवश्यक परीक्षण गरेर मितेरी पुलसम्म ल्याइदिएका थिए । ७ हजार ५ सय मास्क र ५ सय सेनिटाइजरलाई हेल्प डेस्कमा परीक्षण गरी स्प्रे गरेर तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको यार्डमा लगिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । ‘यो लिन नेपालकै एउटा सवारी बोर्डर पुगेको थियो, शिल्ड भएर राजधानी पुगिसकेको छ,’ खत्रीले भने– ‘मेडिकल तयारीको लागि यी सामग्री प्रयोग हुनेछ ।’

शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने भन्सार प्रमुख खत्रीले बताए । तत्कालका लागि चीनले अत्यावश्यक वस्तु मात्रै नाका भएर पठाउने जानकारी दिएको उनको भनाई छ । पहिलो चरणमा अति आवश्यक सामग्री ल्याइएपनि केहि दिन पछि अन्य व्यापारिक सामग्री पनि भित्याउने तयारी भइरहेको खत्रीले बताए । ‘हामीले व्यवसायीहरुसँग पनि छलफल गरिरहेका छौं’, उनले भने– ‘केहि समयपछि व्यापारिक सामग्री पनि ल्याउने तयारी भइरहेको छ ।’

कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिई नाकामा विश्व स्वास्थ्य संगठनअन्र्तगतको मापदण्ड बमोजिमको हेल्प डेस्कको मेडिकल सेट तयार राखिएको छ । त्यसका साथै सीमा क्षेत्र र झिुर्पुमा व्यवस्थित १० बेडको आइसोलेशन, १० बेडको क्वारेन्टाइन तैयार राखिएको छ ।

चाइनिज नयाँ वर्ष (स्प्रिङ फेस्टिभल) का लागि चिनियाँ भन्सार बन्द भएपछि तातोपानी भन्सार पनि बन्द भएको थियो । लगत्तै चीनमा फैलिएको कोरोना भाइरसको त्रासले नाका बन्द गरिएको थियो । नाका बन्द हुँदा दैनिक १ करोड राजश्व घाटा लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्