२०८१ मंसिर ६
                           

भाइरसबाट बच्न सरसफाई सामग्री वितरण

लिपिङ- कोरोना भाइरसको महामारीबाट बच्न तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिले सरसफाईका विभिन्न सामग्री वितरण गरेको छ ।
भोटेकोसी गाउँपालिका वडा नं. २ को कोदारी, चौकीडाँडा, नादुङ, लिपिङ, वडा नं. ४ को पाङ्सेर्पु, ज्याङबाडाँडा, ओखरबोटे, फुल्पिङकट्टी, नादोखर्क, टाकपसा, सेलाङकट्टी, बापागाउँ, बोलाङचेलगायत गाउँमा सरसफाईजन्य सामग्री वितरण गरिएको तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिका अध्यक्ष हेमबहादुर गुरुङले बताए ।
ती गाउँका ७५० धुरी घरपरिवारलाई दुई लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको हो । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने १४८० थान भिटामिन सी, ७०० थान सानिटाइजर र १३५० थान साबुन वितरण गरिएको छ । तमु ह्युल भोटेकोसी समितिको सरसफाई तथा सचेतना अभियानले कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने नेकपा भोटेकोसी गाउँपालिका अध्यक्ष आङछिरी शेर्पाको भनाइँ छ ।

प्रतिक्रिया दिनुहोस्