२०८१ भाद्र २३
                           

‘समृद्धि र दीगो विकास वर्ष बनाऔँ’– सभामुख सापकोटा

काठमाण्डौ- सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन् ।
नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दीगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आग्रह गरे । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड– १९ को महामारीविरुद्ध संघर्ष गरिरहेको प्रसङ्ग उल्लेख गर्दै सापकोटाले नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गर्न आह्वान गरे ।
जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव प्रेरणादायी रहेको उल्लेख गर्दै उनले भने– ‘कोभिड– १९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्