२०८१ भाद्र २३
                           

‘चुनौतिलाई अवसरमा बदल्न सफल रहौं’

  • सृजना तमाङ

विश्व परिवेश यतिबेला असाध्यै संकटकालिन मोडबाट गुज्रिरहेको छ, कोरोना भाइसर (कोभिड– १९) ले १७ लाखभन्दा बढीलाई संक्रमित बनाएको छ भने १ लाखभन्दा बढीको ज्यान गुमाइसकेका छन् । विश्व नै यतिवेला त्राशमा छ, सबैको मुहारको खुसी हराएको छ, त्रासदीपूर्ण यो अवस्थामा आफू बाँच्ने र अरुलाई बचाउने मूलमन्त्रलाई आत्मसाथ गरौं ।

कोरोनाबाट बँच्ने एउटै उचित उपाय हो सामाजिक दुरी कायम गर्नु । यो अवस्था जतिसुकै प्रतिकुल भएपनि हामी छिट्टै आ–आफ्नो कर्म क्षेत्रमा फर्कनु नै छ । दैनिकी चलाउनु नै छ । अझै थप धैर्यता, सम्यमता र सावधानी अपनाउनुको विकल्प छैन्न् । अब विगतका आनिवानीहरुमा परिवर्तन गर्नु जरुरी छ । हाम्रो जीवन कालमा महासंकटहरु जहिलेपनि आउन सक्छन् । यसलाई बिर्सन हुदैन । यो पाठ पनि सिक्ने अवसरको रुपमा बदल्नुको विकल्प छैन ।

विनासकारी भूकम्पबाट हामी सिक्नु पर्ने थियो, त्यो अवसरबाट हामी चुकिसकेका छौं । विश्व महामारीको रुपमा लिईएको कोरोनालाई नेपालमा समेत यसका विषयमा अतिरन्जित व्याख्या गरेर अफबाह फैलाउने कि त पूरै बिर्सेर प्रवृत्तिको दाशत्व बन्ने हाम्रो मानसिकताबाट माथी उठेर यसको लडाईंलाई नयाँ उचाईमा पुर्याउन जरुरी छ ।

हाम्रो भन्ने भावनाबाट संस्कारको विकास गर्नु जरुरी छ । सबैले अबका दिनमा हरेक परिस्थितिहरुको सामना गर्न तयार हुनुको विकल्प छैन । संस्कार र संस्कृतिसहितको बलियो पहिचान बनाउन सहकार्य र सहअस्तित्व आवश्यक छ । आगामी दिन झनै चुनौतीपूर्ण, गरिबी, भोकमरी, अशिक्षा अझै खतरा रोगको रुपमा विश्वमाा देखिन सक्छ । अब हामीले रोग, भोक र शोकलाई परास्त गर्दै समृद्धिको लागि हातेमालो गर्नु जरुरी छ । कोरोनाबाट मुक्तिपाएपछि हाम्रो भूमिका चौगुना बद्ने छ ।

हामी कर्तब्यनिष्ठ र अनुशाशीत बन्दै अझै मेहेनत गर्न लाग्नै पर्छ । पैसाभन्दा ठूलो शिक्षा हा, अनि मानवता हो । नयाँ वर्ष २०७७ ले हामीलाई ईष्या, द्वेष र अहमताबाट मुक्त गराई नयाँ सोचका साथ नवीन कार्य गर्न प्रोत्साहित गर्नेछ । तहनहस भइरहेको मानवका मनहरु एकीकृत गर्ने र साझा भावनाको विकास गर्न नयाँ वर्षमा हामी सफल हुने छौं ।

शान्त, सुन्दर र समृद्ध घर, समाज देश र विश्व निर्माण गर्न आफ्नो क्षमता र कार्य कुशलताले भ्याएसम्मको काम गर्ने गर्ने साहस मिल्नेछ । फुट्नु हुँदैन, जुट्नु पर्छ भन्ने धारणाका साथ नयाँ वर्ष सुखद् बनोस्, सफल बनोस् । आफ्नो भूमिका अक्षरस् पालना गर्ने प्रतिबद्धतासहित स्वस्थ्य रहौं, सफा रहौं । आफू बचौं अरुलाई बचाऔं । सम्पूर्णहरुमा नयाँ २०७७ को हार्दिक मंगलमय शुभकामना !

(तामाङ जुगल गाउँपालिकाकी उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्