२०८१ माघ २३
                           

अहिलेको अवस्थाहरू:

महेश्वर घिमिरे

-महेश्वर घिमिरे

अवस्था-१

एक ठाउँमा एक जना व्यक्तिमा सङ्क्रमण देखियो भने मानौं हावले उडाएर त्यो बस्तीमा सबै घरको चुल्हो सम्म कोरोना पुर्याउँछ र मानिस सोतर हुनेछन् झैं गरेर त्यो ठाउँको बासिन्दा १२-१४ वर्ष अधि क्याम्पस पढ्दाको साथीको समेत नम्बर अनेक खण्ड गरेर पत्ता लगाएर अनि; के छ? कस्तो छ? गाउँ त सखाप पो हुन्छ की के हो? भन्दै वाहियात प्रश्नको पुलिन्दा खोलेर फोनमा झुण्डीनेहरू हौं हामी। यसको साटो बन्दाबन्दीमा अपनाउने सावधानी र अन्य सकारात्मक कुरा गरे के हुन्छ?

अवस्था-२

ज्योतिषि विज्ञान पनि हो भन्छन् तर आजकल हाम्रोमा सबै ज्योतिष । कोरोनाको एक जना व्यक्तिमा सङ्क्रमण देखियो भने यीनलाई सारा टोल छिमेक चिया अड्डा सबैतिर अर्को घटना नघटेसम्म लाई गफ लगाउने खुराक पुग्छ … “उ मैले पहिल्यै भनेको लू हेर” … अनि खोकि हाल्छन् अब सरकारले यसो गर्छ र उसो …. मिले मिल्छ नमिले के को …. ? । यो भन्नै पर्दैन, भइरहेको घटना हो यो किन गफिनू? यो बाहेक हात, चामल, अनुहार निधार र चिना हेरेर जिजिविसा चलाउनेहरू मध्य केहि यस्तो बेलामा आफ्ना पुराना वक्तव्य (तथाकथित भविष्यवाणी) को पूरापूर पुन प्रचार गरिरहेका हुन्छन्; भन्छन् ‘हेर्नुस् मैले फलानो मितिमा देशको ग्रह ठीक छैन, केही नराम्रो घटना घट्छ, अनिष्ठ हुन्छ भनेको थियो अहिले त्यही भयो। लू सक्यो! राम्रा र नराम्रा घटना यत्रो देशमा सधैँ घटिरहेको हुन्छ। के गर्नु हामीनै पत्याएर उनैकोमा लाइन बसेर …. भेटी टक्र्याउँछौं ।

अवस्था-३

अनि सरकारी संयन्त्रले पनि सङ्क्रमणको प्रतिकार्य होस् वा बन्दाबन्दी अलि बढि नै ताउरमाउर देखाएको छ। व्यक्तिमा सङ्क्रमण देखिए पछि गरेको काम हेर्दा झन् लाग्छ त्यहाँ आतङ्कवादी भेटियो, ठूलो लडाइ हुँदैछ, अनि सबका सब फौजी सिकोहरूको अभ्यास गर्ने मौका यहीँ हो। सामान्य स्वरूपमै तत् क्षेत्रको आवागमन बन्द गर्ने मेडिकल टोलीले आवश्यक जाँचको व्यवस्था गर्ने र फेरी पनि व्यक्तिले बन्दाबन्दीमा अपनाउने सावधानी बारे बुझाउने गरे हुने नी।

अवस्था-४

यो माथिल्लो ३ नं को अवस्थाको सृजना सरकारी काम काजको शैली त छदै थ्यो त्यो भन्दा बढि अहिले पलाएका च्याउ सरिका सञ्चार र तिनिहरूको भारत पट्टिको केहीको नक्कल ले झन् धेरै डरलाग्दो बनाएको छ। तड्क-भडक, वाहियात बहस(एकाध बाहेक), समीक्षा र हावादारी समाचार वाला सञ्चार केवल सन्त्रास फैलाउँदै छन् जसले व्यक्तिमा सङ्क्रमण फैलन सक्ने कुरालाई कम गर्न त सक्दैन नै बरु त्रास फैलिएर उल्टो परिणाम आउँदैन भन्न सकिन्न। बाटामा गुड्ने मोटर / साधन गनेर त्यसैको समाचार भनेर सरकारलाई केही गर्न नसकेको भन्ने पारेर लट्ठी बजार्न लगाउने पनि ती नै लागिपर्छन् अलपत्र परेका मानिसहरूलाई यताबाट उता पुर्याउन न सकेकोमा पनि सरकारलाई गिज्याउँछन्।

खास अवस्था:

व्यक्तिमा सङ्क्रमण भित्र भित्रै बढेको पनि पो होला (किन कि पर्याप्त जाँच भएको छैन) त्यस्तो भएको भए हाम्रो असावधानीले भएको छ। फैलन रोक्न पनि व्यक्तिहरू नै सजग हुने हो। हात धुने हो । भीडभाड नगर्ने हो । अरू ओखती छैन हामीलाई थाहा छ। दैनिक काम गरि खानेहरू अब के कति समय यसरी बस्लान्? खाली पेट बस्लान्? राहत- राहतनै हो। हिजो भुइचालो पछिको अवस्था भोगेको हो। हाम्रोमा यो सबै कुराको उच्चतम उपयोग, सदुपयोग भन्दा नि दुरुपयोग हुन्छ, अहिले पनि भएको छ।
आंशिक खुल्ला गर्दै सावधानी सहित काम गर्ने र व्यक्तिहरूमा सजगता अपनाउने कुरा लाई अझै प्रभावकारी रूपमा सिकाउने गरौं। भीडभाड हुने स्थानहरू (सिनेमा हल, स्कूल, क्याम्पस, मेला पर्व आदी)लाई अझै केही समय बन्दै गरे पनि व्यापार निर्माण कार्य कल-कारखाना खोल्नका लागि के-के गरिनु पर्छ त्यता ध्यान जानु पर्यो। लामो बन्द पछि आउने मन्दि र त्यसको परिणाम आंशिक खुल्ला गरेर हुने जोखिम भन्दा धेरै भयानक हुन सक्ने तर्फ पनि बहस गरौं । निजी विचार ।

प्रतिक्रिया दिनुहोस्