२०८१ भाद्र २३
                           

“गन्तब्यामा हिंडेका नागरिकहरुको असहजतालाई सहज बनाउनु पर्छ” – मन्त्री दुलाल

कोरना भाइरस (COVID-19) विरुद्ध माननीय मन्त्रीबाट अपिल। (भिडियो सहित)

कोरोना भाईरस कोभिड १९ रोकथाम नियन्त्रण लागि सरकारले लगातार लकडाउन थपिए सँगै मजदुर, बिपन्न, भाडामा बस्ने ब्यक्तीहरुलाई स्थानिय सरकारबाट राहत दिने भनिए पनि त्यो हुन नसकेको कारण दैनिक आवाजजावत बढिरहदा यसले झन थप जोखिम ल्याउन सक्ने भन्दै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले आफनो फेसबुक इस्टास माफर्त यो परिस्थितीको सिर्जना हुनुको कारण र यो परिस्थितीको अन्त्यको लागि गर्नु पर्ने कामको बारेमा आफनो धारण ब्यक्त गर्नु भएको छ । उहाँले लेख्नु भएको छ हिड्न दिने गाडीमा गुड्न नदिने यो लकडाउन भएन । यस तरिकाले एकातिर लामो दुरी गरि हिड्नेलाई त दुख पिडा भएको छ । साथमा सँक्रमरण जोखिम समेत बढाएको छ । उहाँले किन यस्तो भयो त भन्ने प्रश्न गर्दै, सबै पक्षबाट लकडाउनको पालना नभएर, यो अबस्था आउनुको कारणमा उहाँले लेख्नुभएको छ आम नागरिकलाई जहाँ छौ त्यहि बस भनियो र दैनिक ज्यालादारी श्रमिक अति बिपन्न र कोठा भाडामा बसेका र सहयोगको आबश्यकता भएका बिद्यार्थी आदिलाई स्थानिय सरकार मार्फत राहतको ब्यबस्था गर्ने भनिएपनि त्यो हुन नसक्नु, लकडाउनकै समय बीच केहि उपायले पठाउन छलफल चल्यो तर नागरिक देखि तिन तहका सरकारसम्म त्यसको तयारी भएन ।"गन्तब्यामा हिंडेका नागरिकहरुको असहजतालाई सहज बनाउनु पर्छ" - मन्त्री दुलाल केन्द्र सरकारनै बिबादमा फस्यो । अहिले पनि गाँउ गाँउमा बाहिरबाट मान्छे नआईदिओस भन्ने आवाज छ, कतिपय बडाका जनप्रतिनिधीहरुको सहभागीतामा यसौ ठाँउमा बाटो अबरुद्ध पारिएको छ । आफनो परिवारको सदस्य रातारात ल्याउने अरुलाई बाटो छेक्ने मानसिकता बाँकी रहेको भनाई राख्दै अब के गर्ने भन्ने सवालमा केन्द्र सरकारले प्रदेश सरकारलाई आफनो प्रदेशको नागरिक लान स्वीकृति दिने, ७ बटै प्रदेशका सरकारले आफना प्रदेशका नागरिकलाई प्रारम्भिक स्बास्थ्य परिक्षण पश्चात जसरी चिनबाट बिद्यार्थी ल्याइएको थियो त्यसै गरि सवारी ब्यबस्था गरि सुरक्षित तरिकाले पालिकाहरुमा पुर्याउने, सबै पालिकाहरुले प्रारम्भिक स्बास्थ्य परिक्षण पश्चात आफना नागरिकलाई क्वारेन्ण्टाइनमा राख्न ब्यबस्था गर्ने, सुरक्षा अपनाएर कृषि उत्पादनमा कामहरु जारी राख्ने जुन अहिले भइरहेको पनि छ, लकडाउन एक जटिल परिस्थितीको रुपमा स्विकार गरिसकेपछि बिभिन्न कष्ट व्यहोर्नु पर्ने कुराहरुलाई आत्मसाथ गर्ने, लगायतका बिषयहरुको बागमती प्रदेश सरकारमा छलफल भइरहेको र निर्णयका लागि केन्द्र सरकारबाट निर्णय गराउन मुख्यमन्त्री सहित हामी लागि परिरहेका छौ भन्दै सकरात्मक सोचौ सबै मिलेर चुनौतिको सामना गरौ भन्दै अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्