२०८१ भाद्र २३
                           

कोरोनाको कारण सिर्जित संकटसंग जुध्नु त छँदै छ, तर अब यसलाई अवसरका रुपमा समेत सदुपयोग गर्नु पर्छ, केही ध्यान पुग्नु पर्ने कुराहरुः

टरक ढिताल

-तारक ढिताल

१. विश्वव्यापी खाद्यान्न संकट हुन सक्ने भएकाले नेपालको कृषि उत्पादनलाई प्राथमिकतामा राखी हरेक स्थानीय तहले खेतियोग्य जमिनलाई चक्लाबन्दी गरी आधुनिक तरिकाले व्यवशायीक खेति गर्ने प्रबन्ध तत्काल गर्ने । यसका लागि पालिका स्तरमा राज्य संयन्त्रको सम्लग्नतामा प्रत्येक जग्गाधनीले समानुपातिक रुपमा लाभ प्राप्त गर्नसक्ने सुनिश्चितता गरी जग्गामा एकीकृत रुपमा उचित प्रविधि प्रयोग गरी व्यवशायीक खेति गर्न सम्बन्धित कृषि विज्ञ तथा व्यवशाय संचालन विज्ञ एवम् राज्य संयन्त्रले मोडालिटी तयार गर्ने र द्रुत छलफलबाट टुंग्याई कार्यान्वयनमा ल्याउने । खेतिका लागि समयले कुर्दैन, यथाशक्य चाँडो कार्यान्वयन गर्ने ।

२. रोजगारीका लागि विदेश गएका धेरै फर्किएका छन् र कोरोना संकट पछि संभवतः धेरै फर्कने छन् । अब केही समय बिदेशी श्रम बजार पनि खुम्चन सक्दछ । नेपाली जनशक्तिलाई नेपालमा नै खपत गराउने व्यवस्थित प्रक्रिया थालनी गर्नेः
–कृषि उत्पादन, पशुपंछी पालन जस्ता दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर हुने खालका एकीकृत र व्यवशायीक कार्यहरुमा यी जनशक्ति खपत हुने वातावरण सिर्जना गर्ने
–हाल ठूलो संख्यामा भारतीय अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकहरुले नेपाल ढाकिसकेका छन् । मुस्तांगको कोरोला नाका पुग्ने सडक खन्दै गरेका मजदुर त विहारका भेटिन थालेका छन् भने अन्य निर्माण तथा कतिपय उत्पादनका क्षेत्र र विभिन्न व्यवशायहरुमा समेत नेपाली अदक्ष, अर्धदक्ष वा दक्ष श्रमिक नै नदेखिने अवश्थालाई नेपाली जनशक्तिबाट नै पूर्ति गर्नै नसकिने हो र ? केही समय बरु दुखः गरौ, सीप प्रदान गरौं, नेपालीकै लागि बजार प्रवर्धन गरौं र श्रमको सम्मान गर्ने गरौं । यसले अन्तत्वगत्वा नेपाली पूँजि नेपालमै रहन्छ, नेपाली जनशक्ति नेपालमै रहन्छ । यस सम्बन्धमा विज्ञहरुबाट व्यवहारिक मोडालिटी आवस् ।

३. अब केही समय सबै तहका बजेट विनियोजनका प्राथमिकता व्यवशायीक उत्पादन क्षेत्रमा रहोस् । कनिका छराई नहोस्, यसमा कडाई हुन आवश्यक छ ।

४. यो केही हप्ताको नेपाल भारत सीमा बन्दलाई पूर्वाभ्यासका रुपमा लिई अब स्थायी नियन्त्रित सीमा बन्दको प्रक्रिया बढाउने बृहत आँट गरियोस् ।

५. विपद्ले न धनि गरिब भन्ने छुट्याउँछ, न त शक्तिमा रहेका वा सामान्य वा विश्वशक्ति मै हुँ भन्नेहरुलाई नै छोड्दछ, अब त अलि चेत पलावस्, आउने नयाँ पुस्ताले नधिक्कारुन् ।
सबैको जय होस् !

प्रतिक्रिया दिनुहोस्