हेटौडा- कोभिड-१९ को सन्दर्भमा बागमती प्रदेशमा भएका मुख्य कार्यक्रमहरु र प्रदेश सरकारका प्रयासहरुको बारेमा उच्च स्तरिय अन्तरक्रिया एबम् छलफल आज सामाजिक बिकास मन्त्रालयमा गरिएको छ । कोरोना भाईरसको परिक्षण विधि, साबधानीका उपायहरु आदिका बारेमा उच्चपदस्थ ब्यक्तीहरुमा समेत अलग अलग बुझाई रहेकोले बिज्ञहरु माफर्त यस बिषयको जानकारी दिई समान बुझाई बनाउनका लागि कार्यक्रमको आयोजना गरेको मन्त्रलयले जानकारी दिएको छ । सामाजिक बिकास मन्त्रालयमा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, मन्त्रालयका सचिबहरु, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, लगायतको उपस्थिती रहेको कार्यक्रममा कोभिड-१९ को रोकथाम नियन्त्रण तथा उपचारमा प्रदेश सरकारका तर्फबाट भएका कामहरुको बारेमा जानकारी दिईएको थियो । कोरोना भाईरसको के हो, त्यसबाट बच्न सकिने उपाय साथमा स्बास्थ्य सामाग्री बितरण ब्यबस्थापनका बिषयमा प्रदेश आपुर्ति केन्द्रका निर्देशक बसन्त अधिकारी, प्रदेश स्बास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारी आनुवांशिक वैज्ञानिक डा. सन्तोष दुलाल तथा सामाजिक बिकास मन्त्रालयका चिकित्सा शाखाका प्रमुख डा.पुरुषेत्तमराज सेडाईले प्रस्तुतीकरण गरेका थिए । छलफल कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युबराज दुलालले प्रदेश मातहतका आएका अस्पतालहरु साना तथा मझौला रहेकोले सुबिधाहरु थप गर्न समस्याहरु रहे पनि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले प्रदेश राजधानी हेटौडामा बर्षैदेखि थन्किएको ल्यापलाई सँचालनमा ल्याई कोभिड-१९ को परिक्षण शुरु गरेको जानकारी दिए । हेटौडामा कोभिड-१९ को परिक्षण सँचालन भएसँगै प्रदेशका मकवानपुर, सिन्धुली, चितवन लगायत प्रदेश दुईका जिल्लाहरुको नमुना परिक्षणमा सहज भएको धारण राखेका थिए । मन्त्री दुलाले कोभिड-१९ नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न केन्द्र सरकारको समन्वयमा सबै प्रदेशमा एकरुपता हुनेगरि प्रदेशमा पनि स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता, विमा क्षतिपुर्तिको ब्यवस्था गरिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्