२०८१ भाद्र २३
                           

हाम्रो आमा

निर्मल बन्जारा

-निर्मल बन्जारा

आमा ! हजुर भएर पो हामी भएका हौं ।

हजुर कै मातृ बात्सल्य मै हामी छैं ।।

 

नौ महिना सम्म गोदमा बोकेर दुल्नु भो।

हाम्रो लागी सारा दु : ख र पीडा भुल्नु भो ।।

 

डोकोको भारी माथी बोकेर मातृ ममता दिनु भो ।

बिरामी होस् वा नहोस् सधैं चिन्ता लिनु भो ।।

 

कष्ट गरी गरी हुर्काउन भो बढाउन भो।

संघर्ष गरी गरी हामीलाई पढाउन भो ।।

 

दु : ख र बिरामी पर्दा देवी देवता भाक्नु भो ।

हाम्रो सु-स्वास्थका लागी धामी बा लाई दाक्नु भो ।।

 

आफ्नो मन भरीको माया हामीलाई नै खनाउन भो ।

हजुर कौ माया र ममताले नै गरी खाने बनाउन भो ।।

 

आमा ! हजुर भएर पो हामी बाचेका हौं ।

आमा ! हजुर हुनुहुन्छ र पो हामी हासेका छौं ।।

 

(सम्पूर्ण आमाहरु प्रती समर्पित)

प्रतिक्रिया दिनुहोस्