२०८१ भाद्र २३
                           

कोरोनाको विश्व यात्रा र सिकाइहरु

मिलन तामाङ (पाख्रीन)

मिलन तामाङ (पाख्रीन) / अहिले विश्व तेस्रो विश्व युद्धमा छौ भन्दा फरक नपर्ला र हामी नेपाल र नेपालीहरुपनि यहि युद्धमा होमिएका छन् । बिना हतियार होमिएका विश्वको मुलुकहरु युद्धमा बिजेता बन्ने होडबाजी पनि चल्न थालेको छ । हुनत इसापुर्व ४३० मा एथेन्सको प्लेगले एक लाख मानिासको ज्यान लिएको थियो, इसापूर्व १३५० मा ब्ल्याक डेथ महामारीले विश्वको एक तिहाइ जनसंख्या मानिसको ज्यान लिएको थियो । सन् १५२० मा विफर महामारीले अमेरिकाको करिब एक तिहाइ जनसंख्यालाई तहसनहस पारेको थियो । सन् १८८९ मा रसियन फ्लुले तीन लाख ६० हजारको मृत्यु र १९५७ मा एशियन फ्लुले ११ लाख मानिसको ज्यान लिएको थियो । यसैगरि केहि बर्ष अगाडी मात्र मेक्सिकोको सुँगुर फार्मबाट शुरु भएको स्वाइन फ्लूले ५ लाख ७५ हजार मानिसको ज्यान लिएको थियो ।
हालै २०१९ को अन्तिममा चीनको वुहान सहरबाट निस्किएको कोरोनाले विश्व रंगमञ्जमा हावाको बेगमा यात्रा गरिरहेको छ । अदृष्य शक्ति भएको यो कोरोना यात्राले विश्व मानव जगतलाई त्रासिद् अवस्थामा बाँच्न बाध्य बनाएको छ । प्रतिदिन हजारौको संख्यामा मानिसको ज्यान लिने यो कोरोना यहि बेगमा यात्रा गरिरह्यो भने हामीले सामना गर्न सकिएला कि नसकिएला भन्ने जनमानसमा प्रश्न उब्जेको छ ।
निकै उचाइ र हावाको बेगबाट अदृश्य रुपमा यात्रा गर्ने यो कोरोनाले विश्वको २१० भन्दा बढि देशहरु साथै विश्वका महाराष्ट्रहरुलाई आछ्यु आछ्यु बनाएको छ र हासम्म यो कोरोनालाई च्याप्पा समातेर कोरेन्टीनमा राख्न सकिने हैसियत कसैको देखिएन । हालसम्मको अवस्था हेर्ने हो भने योसँग युद्ध लड्ने हतियार भनेको साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्ने मात्र देखन्छ ।
कोरोना रोक्न चीनले गरेको सफलता र युरोप र अमेरिकाको असफलता
चिनको वुहानबाट शुरु भएको यो कोरोनाको बिषयमा पछिल्लो चरणमा अमेरिका लगायत युरोपका अन्य राष्ट्रहरुले जस्तो आरोप लगाए तापनि जुन रुपमा चीनले ७५ दिन लकडाउनको घोषणा गर्दै आफ्नो पुरा तागत लगाएर युद्धमा हामफाल्यौ, आखिरमा युद्ध जित्न चीन सफल भयो र यो जित संसारका लागि उदाहरणी ठहरियो । यो सफलता प्राप्त गर्दै गर्दा बिदेशी आलोचकहरुले मानव अधिकार र स्वतन्त्रताको कुरा गर्दै प्रश्न गर्न पनि भ्याए ।

के के गरेको थियो त चीनले ?

१. रोग पत्ता लगाउने बितिकै तत्काल लकडाउन गर्ने निर्णय गरियो ।
२. एकपछि अर्काे संक्रमितको पहिचान गर्दै आइसोलेट गर्दै गयो ।
३. केहि दिन र हप्ता भित्रमै आकस्मिक अस्पतालहरुको निर्माण गरियो ।
४. विद्यालय, जिमहल, रङ्गशाला र अन्य खेल स्थलहरुलाई आइसोलेसन् केन्द्रमा परिणत गरियो ।
५. परिक्षण, पहिचान र अलग्याउने रणनीति अनुसार हजारौ संक्रमितलाई निगरानी र निरन्तर उपचारमा राखियो ।
६. सहरका सबै जनतालाई खानपान लगायत अन्य आवश्यक कुराहरुको ब्यवस्थापन गरियो ।
७. संक्रमण संख्या बढ्दै गएपछि वुहान भन्दा बाहिराको ४० हजार भन्दा बढि डक्टर र नर्सलाई हुवानमा बोलाइयो ।
८. मास्क नलगाइ हिड्ने मानिसको पहिचान गर्ने प्रबिधिको बिकास गरि मास्क नलगाई हिड्नेलाई समातेर मास्क लगाउन थाल्यो ।
९. संक्रमण देखिएका अन्य सहरमा बसोबास गर्ने मान्छेलाई एउटा ‘क्यू आर कोड’ दियो र ‘क्यू आर कोड’बाट मान्छेको यात्रा विवरण लिदै अत्यधिक निगरानीमा राखियो ।
१०. अन्य रोगको बिरामी भएकालाई तीन महिनासम्म पुग्न औषधि घरघरमा पुर्याउने ब्यवस्था मिलायो ।
११. वुहान सहरका प्रत्येक गल्लीगल्लीमा कोरोना जाँच गर्ने क्याम्प स्थापना गर्दै निशुल्क कोरोना जाँचको ब्यवस्था गरियो ।
१२. कोरोना संक्रमित ब्यक्तिको सम्पर्कमा आएका सबैलाई खोजी गर्दै संक्रमित ब्यक्ति गएको सबै स्थानहरुमा स्वास्यथ्कर्मी परिचालन गरियो ।
१३. लकडाउनको समयमा सहर भित्रका सबै मान्छेहरुको सूची तयार पार्दै ति मान्छेहरु कहिले कहाँ कोसँग भेटियो भन्ने तथ्यांक निकाल्दै त्यसैको आधारमा स्वास्थ्य जाँच गरियो ।
१४. देशभरका सडकहरुमा थर्मल क्यामेरा जडान गरियो जहाँ कुनैपनि ब्यक्तिको तापक्रम ३७.२ डिग्री सेल्सियस भन्दा बढि देखिने बितिकै कोरेन्टीनमा राखियो ।
१५. सामाजिक संजाल, संचारमाध्यम र चीन बाहिर रहेका कूटनीतिज्ञहरु सबैले सकरात्मक समाचार सम्प्रेषण गर्न जोड दियो ।
यसरी करिब साढे २ महिनामा कोरोना महामारीलाई नियन्त्रण गर्न चीन सफल भएको थियो । चीनमा ११ जनवरीमा भाइरसको कारणले पहिलो ब्यक्तिको मृत्यु भएको थियो भने अमेरिकामा जनवरीको २१ तरिकमा पहिलो कोरोनाको संक्रमण देखिएको थियो तर आज चीनले ४ हजार ६ सयमा रोक्न सफल भयो भने अमेरिकामा ५२ हजारभन्दा बढिको मृत्यु भइसकेको छ ।

युरोप अमेरिकाले कहाँ गर्यो त गल्ति ?

संक्रमण देखिने बितिकै सिंगापुर, हङकङ थाइल्यान्ड, जापन, उत्तर कोरिया लगायतका देशहरुमा तत्काल लकडाउन गर्दै चीनले अपनाएको बिधिहरु अपनाइयो भने यता युरोपियन राष्ट्रहरु र अमेरिका नजर अन्दाज गर्दै बस्यौ । संक्रमण भेटिएका थाहा हुँदाहुदै १९ फेब्रुअरीमा ४० हजार दर्शक माझ इटलीको मिलानमा एटलान्टार भयालेन्सिया बिच फुटबल म्याच भयो र यो खेलबाट कोरोना बमको रुपमा बिस्फोट भयो । इटलीमा हालसम्म २६ हजारको मृत्यु भइसकेको छ र फुटबल हेर्न आएका २५ सय भन्दा धेरै स्पेनका दर्शकहरुले कोरोना स्पेनमा पुर्याए र स्पेनमा २३ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । युरोपको लागि यो घटनानै कोरोना इपिसेन्टरको रुपमा सावित भयो । चीनमा संक्रमणबाट हजारौ मान्छेको मृत्यु हुदै थियो । युरोप र अमेरिकामा पनि संक्रमण देखिन थालीसकेको थियो तर पर्याप्त समय हुँदाहुदैपनि अमेरिकाका नेतृत्वले चिनिया भाइरस् भन्दै खिल्ली उडाउदै अटेरीपन देखाउदै बस्यौ । जनतापनि उस्तै पब र क्लब जान छोडेन । हजारौको भिडमा खोलाको छालसँग रम्न छोडेन तर कोरोना निर्धक्का बिना पासपोर्ट र बिना भिषा ति शहर र समुन्द्रि किनारमा यात्रा गरिरहेको थियो र आज कोरोनाले युरोप र अमेरिकाको लाखौ मान्छेलाई अस्पताल र घाटमा पुर्याइ नयाँ मान्छेहरुसँग भलाकुसारी गर्दैछ । विश्वको महाशक्ति राष्ट्रको राष्ट्रपति ट्रम्प प्रशासनको कार्य क्षमतामा आज प्रश्न उठ्न थालेको छ । ट्रम्पले आफ्नो कमजोरीको ढाकछोपको लागि विश्व स्वास्थ्य संगठन र बिशेषगरि चीन बिरुद्धमा हिलो छ्याप्ने काम गर्न थालेको छ र केहि दिन अगाडी मात्र डब्लुएचओलाई अमेरिकाले दिदै आएको आर्थिक सहयोग अब नदिने निर्णय गरिसकेको छ ।
विश्वका बिभिन्न देशहरुमध्ये अमेरिकामा उच्च संख्यामा चुलिदै गएको कोरोना संक्रमण बिरुद्धमा लड्न हम्मेहम्मे भइरहेको बेलामा बिभिन्न कच्च, अपत्यारिलो अनुमाननै गर्न नसकिने आरोप लगाएर बस्ने विश्वको नेतृत्व गर्ने राष्ट्र र त्यसको नेतृत्वको परिक्षण यो महा संंकटको बेलामा भइरहेको छ । लाखौ लाख बेरोजगारीको संरक्षण गर्दै आर्थिक संकटलाई पार गरि यो महामारी संकटबाट ट्रम्प प्रशासनलाई सफल हुन ठुलै चुनौती परेको छ ।
आजमात्र विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाबाट अति उच्च जोखिमबाट एक तह तल उच्च जोखिमको सूचिमा झरेको शुभ समाचार छ भने यता एक १ अरब ३७ करोड जनसंख्या रहेको हाम्रो छिमेकी राष्ट्र भारतमा डरलाग्दो रुपमा कोरानाको संक्रमण बढिरहेको छ । हालसम्म संक्रमणको संख्या २४ हजार ५ सय ३० पुगेको छ भने ७ सय ८० जनाले ज्यान गुमाइसकेको छ । नेपालमा आजको मितिसम्म ४९ जना संक्रमण भएको छ र त्यसमा १२ जना निको भएर घर फर्किसकेको छ भने हालसम्म कोरोनाको कारण कसैको मृत्यु भएको छैन ।

अबको योजना

विश्वमा हाल सम्मको कोरोनाको अवस्था, चीनले गरेको सफलता र युरोपियन देशहरु र अमेरिकामा भइरहेको अवस्थाबाट पाठ सिकेर यो महामारी रोक्न हामी लाग्नुपर्दछ । यसलाई रोक्न सकिएन भने बिश्व आर्थिक मन्दिसँगै बेरोजगारीको डरलाग्दो बृद्धि हुने र हाम्रो जस्तो अल्प बिकसित राष्ट्रहरु गरिबीको चपेटामा पर्नेछ र खाद्यान्नको अभाव हुनेछ भनि यूएन, विश्व बैंक र आइएमएफले चेतावनी दिइसकेको छ ।
१. प्राकृतिक दोहनलाई रोकेर स्रोत र उर्जाको विवेकशील प्रयोगबाट उदाउँदा अर्थ ब्यवस्थाले दिगो र सुरक्षित बिकासमा ध्यान दिने ।
२. आफ्नै स्वतन्त्र बजार र स्वधीन अर्थ ब्यवस्थाको निर्माण गर्ने ।
३. बाहिरी कुराभन्दा स्थानीय जनजीवन, स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरि दिगो अर्र्थतन्त्रलाई जोड दिने ।
४. जनस्वास्थ्य सुरक्षाको पूर्वतयारी र रोकथामका नीतिहरु निर्माण गरि स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिने ।
५. कोरोनापछि चीनको वुहान राज्यमा पहिलेको तुलनामा अनलाइन सपिङ बढेको छ त्यसैले यस्ता सफ्टवेयरको बिकास गर्ने, अन लाइन सपिङ र अनलाइन बैंकिङ कारोबारका लागि सबैको पहँुचमा पुग्ने खालको निति तथा योजनाहरु तय गर्ने ।
६. बैदेशिक रोजगारमा रहेका युवाशक्ति कोरोनाकै कारण ६०÷७० प्रतिशत नेपाल फर्किने सम्भावना बढ्दो छ त्यसकारण बिदेशबाट फर्किएका युवा शक्तिलाई लक्षित गरि तिनै तहका सरकारले उत्पादन मुलक योजनाहरु बनाउने ।
६. बिभिन्न क्षेत्रहरुमध्ये कृिष क्षेत्रनै उत्तम देखिएको हँुदा उत्पादनका लागि तत्काल सम्बन्धित क्षेत्रका विज्ञहरुबाट अध्ययन गराई सामुहिक कृषिको योजनाहरु तय गर्ने ।
७. अबका केहि हप्ता दिन भित्रमै धान कोदो खेती लगाउने समय आइसकेको हँुदा किसानहरुलाई सहजरुपमा बिउ बिजन र मल उपलब्ध गराउने र बिगतमा भन्दा प्रोत्साहनमुलक कार्यक्रमहरु ल्याउने ।
८. अल्पकालीन र दिर्घकालीन योजनाहरु तयार पार्दै पर्यटन क्षेत्रका पुर्वधारहरु निर्माण गर्ने र आन्तरिक पर्यटकलाई प्रोत्साहनमुलक कार्यक्रमहरु तय गर्ने ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले पारिएको प्रभाव र यसबाट प्राप्त ज्ञानलाई आफु बाँचेर अरुलाई बचाउदै नयाँ घर, गाउँ, समाज र मुलकको निर्माण गरौ ।

प्रतिक्रिया दिनुहोस्