२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

चौतारा – जिल्लामा वडा अध्यक्षहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरु मार्फत स्वास्थ्य परिक्षणको दायरा फराकिलो पारिएको छ ।
गत हप्ता सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्थानिय विपद व्यबस्थापन समितिहरु मार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिए पछि हरेका वडामा परिक्षण तिब्र पारिएको हो ।
नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाले सामग्री वितरणका क्रममा प्राप्त स्वास्थ्य सुरक्षा साधनको प्रयोग गरी हरेक घर घरधुरीमा पुगेर परिक्षण गर्न सुझाव दिएका थिए । सापकोटाको सुझावपछि यस कायमा तिव्रता आएको हो ।
चौतारा सांगाचोकगढी नगरपालकिाका वडा न २ का अध्यक्ष दिपेन्द्र थापाका अनुसार सभामुखको पहलमा आएको स्वास्थ्य सुरक्षा सामग्रीले सवैको स्वास्थ्य परिक्षण गरिएको छ । थापाले सहयोगका लागि सभामुखलाई धन्यवाद समेत दिए । यस्तै सुनकोशी ६ का अध्यक्ष रामकुमार थापाले पनि सामग्री पाएपछि सबै घर धुरीमा पुगेर परिक्षण गरिएको जानकारी दिए । सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै
बलेफी ४ का वडाध्यक्ष कालीप्रसाद तामाङले प्राप्त स्वास्थ्य सामाग्रीको प्रयोग मार्फत घर घर पुगेर जाचिएको बताए । यस्तै बलेफी ३ का अध्यक्ष विरमान तामाङले पनि वडाबासीको घरमै गएर उनीहरुको स्वास्थ्य परिक्षण गरिएको बताए । हालसम्म सिन्धुपाल्चोकमा कुनै पनि कोरोना पोजेटिभ केश फेला परेको छैन ।
सभामुखले सापकोटाले जिल्लाका जनप्रतिनिधिहरुसंगको टेलिफोन सम्वाद पछि अत्याबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गनुुएभएको थियो । सभामुखले आवश्यकताका आधारमा सहयोगको पहल गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्