२०८१ भाद्र २३
                           

जुगल २ बाट काठमाडौं बस्ने २ सय ५० परिवारले पाए राहत

जुगल २ बाट काठमाडौं बस्ने २ सय ५० परिवारले पाए राहत

निर्मल बस्नेत/ जुगल गाउँपालिका वाडा नं. २ स्थाई घर भई हाल काठमाडौंमा कोठा भाडामा लिई बसोबास गरिरहेका २ सय ५० परिवारलाई जुगल गाउँपालिकाले खाद्यन्न राहत उपलब्ध गराएको छ । कोभिड– १९ कोरोना भाईरस बिश्वब्यापी संक्रमण भएपछि नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट लकडाउन गरेयता मानवीय तथा सवारी आवतजावत बन्द भएपछि खाद्यन्न अभाव भएको थियो । यसरी अभाव झेलिरहेका उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा बसोबास गर्ने ज्वालादारी श्रमीक र बिद्यार्थीहरुलाई राहत स्वरुप प्रदान गरिएको छ । जुगल २ बाट काठमाडौं बस्ने २ सय ५० परिवारले पाए राहतगाउँपालिकाले उपत्यकाको विभिन्न ठाउँमा बसोवास गर्ने जुगलका २ का २ सय ५० परिवारलाई राहतस्वरुप बितरण गरिएको खाद्यन्नमा १ सय ७१ परिवारलाई ३० के.जीको १ बोरा चामल र ७९ परिवारर्ला १५ केजीको आधा बोरा चामल, १ के.जी दाल, केराउ १ के.जी. तेल १ लि.र आयोनुन १ पोकाको दरले बितरण गरिएको राष्ट्रिय युवा संघ जुगलका संयोजक फुलकाजी स्याङबोले जानकारी दिए । यसक्रममा छुटेकाहरुको लागि पुन पछि पनि प्रदान गरिने स्याङबोले बताए । स्याङबोका अनुसार राहत बितरणमा वडाध्यक्ष प्रताप लामा र आफ्नो सक्रिय सहभागिता रहेको थियो । यसरी प्रदान गरिएको खाद्यन्न राहत जुगल गाउँपालिकामार्फत पठाएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्