कोभिड–१९ को सङ्क्रमणबाट आम नागरिकलाई सुरक्षित गर्नको लागि गत ७६ सालको चैत्रको पहिलो हप्ता देखि पूरै देश बन्दाबन्दि (Lockdown) को अबस्थामा छ । सरकारबाट गरिएको बन्दाबन्दिको निर्णयबाट विद्यालयहरु अछुत्तो रहने सवाल नै भएन । सरकारको निर्देशनमा धेरै विद्यालयहरुले कक्षा नौ सम्मको बार्षिक परीक्षा प्रायः सम्पन्न गरिसकेका थिए । कक्षा १० को विद्यालय स्तरको परीक्षा पनि सम्पन्न भईसकेको र संघीय सरकार अन्तर्गत लिईने अधिराज्यव्यापी राष्ट्रियस्तरको प्रबेशिका एसईई (School Education Examination) र कक्षा १० जोड दुईको परीक्षा बांकिरहेको अबस्था छ । बन्दाबन्दि (Lockdown) का कारण विद्यालयका गतिबिधि ठप्प छन् । चैत्र महिनामा हुनु पर्ने बार्षिक परीक्षाको नतिजा प्रकाशन प्रायः भएका छैनन् । नयां शैक्षिक सत्र २०७७ को तयारीका विविध कार्यहरु अबरुद्ध छ । नतिजा प्रकाशन, पाठ्पुस्तक वितरण, विद्यालयका शैक्षिक गतिविधिका बार्षिक कार्ययोजना निर्माण जस्ता कार्यहरु अलपत्र परेका छन् । बिद्यालय गतिबिधि मात्र हैन यसले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय शिक्षामा पहुंच पु¥याउने उद्देश्यलाई समेत प्रभाव पारिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।
हाम्रो सामुदायिक विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमले हरेक कक्षामा बार्षिक कम्तिमा १८० दिन पढाई हुनु पर्ने र बर्षको तीन पटक परीक्षा हुने भनेर उल्लेख गरेको छ । तीन पटक परीक्षाको लागि न्युनत्तम २० दिन अनुमान गरेको छ । यसरि एउटा विद्यालयले बार्षिक कम्तिमा २ सय दिन शैक्षणिक कृयाकलाप संचालन गर्नु पर्ने देखिन्छ । बांकि दिनहरु भनेका विद्यालयका आन्तरीक कृयाकलाप, विविध सार्वजनीक बिदा, बर्षे र हिउंदे बिदा आदिमा व्यतित भएका छन् ।
अनिश्चितकालिन बन्दाबन्दि कहिले खुल्छ थाहा छैन, बन्दाबन्दि खुल्नसाथै पूर्ण सुरक्षित अनुकुल वातावरण हुन्छ भन्नेमा शंका नगरिरहन सकिदैन । यसर्थ बालबालिकाको साथै देशको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै हामीले विद्यालयको गतिबिधिलाई नविन, सुरक्षित तथा प्रभावकारीढंगबाट संचालनको पहल गर्न जरुरी देखिन्छ । सामुदायिक शिक्षा तीनै तह सरकारको साझा सूचीमा र बिद्यालय शिक्षा संचालन व्यबस्थापन आदि पालिकाको कार्य क्षेत्राधिकार भित्र रहेको हुंदा संघीय सरकारको नीति एवं सहयोग र स्थानीय सरकारको सहजिकरणमा यस प्रतिकुल अबस्थामा सामुदायिक विद्यालयको अध्ययन अध्यापन कार्य संचालन हुनु पर्दछ ।
हाम्रो देशको भौगलिक धरातल अनुसार उच्च पहाडी, पहाडी तथा तराई क्षेत्र रहेका छन् । जनघनत्वको पक्षबाट पातलो, मद्यम तथा घना ३ क्षेत्रमा विभाजन गर्न सकिन्छ । घना जनघनत्व भएका शहर, तराईका बस्तिहरु भित्र अतिबिपन्न वर्ग पनि रहेको कुरा हामीबाट छिपेको छैन । यसर्थ हामीले तय गर्ने एउटै नीति तथा कार्यक्रमले सबै क्षेत्रका बालबालिकालाई उपयुक्त नहुन सक्छ । केन्द्रबाट नीति तय गर्ने भन्दा पनि सम्भावित विकल्प सहितको सहजिकरण गर्ने र कुन क्षेत्रमा के उपयुक्त हुन्छ सम्बन्धित पालिकालाई निर्णय जिम्मा दिने गर्दा बढि जिम्मेवारी बोध हुन्छ भन्न सकिन्छ । सबैको साझा चासोको बिषयमा रहेको विद्यालय शिक्षा संचालन गर्दा निम्न पक्षमा ध्यान जान जरुरी देखिन्छ ।
१. हरेक विद्यार्थी तथा शिक्षकलाई सुरक्षाको पूर्ण प्रत्याभूत हुने गरी सकै सुबिधाको व्यबस्था गर्ने गराउने जस्तै साबुन पानीले हात धुने स्टेसनको सहज पहुंच, कक्षाका टेवलमा स्यानिटाइजरको व्यबस्था, मास्क, संभव भए ग्लोभको व्यबस्था गर्ने गराउने ।
२. सामान्यतः बालबालिकाको उमेर, सिकाई क्षमता, स्वाभाव आदिका आधारमा कक्षा ० बाल बिकास÷पूर्व प्राथमिक (नर्सरी, किण्डर गार्डेन, माथिल्लो किण्डर गार्डेन ) र कक्षा १ को समूह (क), २ – ४, को समूह (ख) ५– ७ को समूह (ग) र ८ – १० को समूह (घ) गरि ४ वटा समूह बनाउने ।
३. अहिलेको जस्तो बन्दाबन्दिको अबस्था रहिरहेको अबस्थामा संक्रमणबाट बच्ने उपायहरुको अवलम्वन गर्दै शिक्षकहरुलाई घर – बिद्यालय – घर सम्मको आवतजावत अनुमति उपलव्ध गराउने ।
४. संघीय सरकारले निःशुल्क वितरण गरिने पाठ्यपुस्तक पहिलो प्राथमिकतामा जिल्लाको २,३ केन्द्रमा ढुवानी गर्ने गराउने । नयां पुस्तक प्राप्त नहुन्जेलको लागि अग्रज कक्षाका विद्यार्थीसंग लिएर अध्ययन गर्ने परिपाटिलाई प्रोत्साहन गर्ने गर्न लगाउने ।
अ) उच्च पहाडी तथा पहाडी क्षेत्रका सामुदायक तथा संस्थागत बिद्यालय संचालन गर्ने केहि संभावित पद्धतिहरुः
१. विद्यालयको आधार क्षेत्र ÷विद्यार्थी श्रोत क्षेत्रमा समूह (क) का बालबालिकालाई टोलस्तरमा बहुकक्षा प्रणालीमा अध्यापन गराउन १ वा सो भन्दा बढि शिक्षकलाई जिम्मेवारी दिने । यो कक्षा विद्यार्थी संख्या धेरै भएमा उप समूह बनाएर हप्तामा ३÷३ दिन गर्न सकिन्छ भने थोरै विद्यार्थी भएमा हप्ता भर चलाउन पनि सकिन्छ ।
२. समूह (ख), (ग) र (घ) मा जम्मा ९ वटा कक्षा परेका छन् । हरेक समूहबाट एउटा कक्षा मानौ कक्षा २, ५ र ८ का बालबालिका पहिलो दिन विद्यालय आउछन् र उक्त दिन ३ बिषय नेपाली, अंग्रेजी र सामाजिक (४.३० घण्टा) पढ्छन् । तीन दिनलाई पुग्ने गृहकार्य लिएर घर फर्कन्छन् । यसै गरी दोस्रो दिन र तेस्रो दिनमा समूहबाट तोकिएको कक्षा विद्यालय आउछन् । चौथो दिनमा पुनः अघिल्लो तालिका दोहरिन्छ । यसो गर्दा बिद्यालयमा भिडभाड नहुने, कक्षामा भौतिक दुरी कायम गरी अध्यापन गराउन सकिन्छ । कक्षामा रहेका शिक्षक बाहेक अन्य शिक्षकले घरमा नै रहेर कक्षाको तयारी गर्ने गराउने ।
३ हरेक गृहकार्यलाई अंकमा अभिलेख राख्ने र त्यसलाई एकाई परीक्षामा परिवर्तन गर्ने जानकारी विद्यार्थीलाई अग्रिम दिदा विद्यार्थीमा अध्ययनशिलता बढ्ने संभावना रहन्छ ।
आ) घना बस्ति रहेका शहरी क्षेत्रका सामुदायक बिद्यालय संचालन गर्ने केहि संभावित पद्धतिहरुः
१. विद्यालयको लागि अनुकुल परिस्थितिको अनुभूत नहुुन्जेल सम्मको लागि सबै बालबालिकाले नजिकैको बिद्यालयमा अध्ययन गर्न पाउने व्यबस्था मिलाउने । समूह (क) र समूह (ख) लाई हप्ताको १ दिन समूह (ग) र (घ)लाई हप्ताको २ दिन अध्यापन गराउन सकिन्छ । समूह (ग) र (घ)लाई हप्ताको ४ दिन (विद्यालय नगएको दिन) बिद्युतिय संचार माद्यम (बिशेषत एपः.एम.रेडियो र सामाजिक सञ्जाल) बाट अध्यापन गराउन सकिन्छ । यसो गर्दा विद्यार्थीले दोहोरो लाभ प्राप्त गर्नेछन् । सिकाईको स्तर उच्च रहने आशा गर्न सकिन्छ ।
इ) तराईका दुर्गम घना बस्ति रहेका देहात क्षेत्रका सामुदायिक विद्यालय संचालन गर्ने केहि संभावित पद्धतिहरुः
१. उच्च पहाडी तथा पहाडी क्षेत्रका सामुदायक तथा संस्थागत विद्यालय संचालन गर्ने पद्धति अवलम्बन गर्न उपयुक्त हुन्छ भने समूह (ग) र (घ)लाई हप्ताको ४ दिन (विद्यालय नगएको दिन) बिद्युतिय संचार माद्यम एफ.एम. रेडियोबाट पनि अतिरिक्त अध्यापन गराउन सकिन्छ ।
कोरोनाबाट बचौं र बचाऔ, बिद्यालय खोलौं र पढाऔं ।
(लेखकः केशबलोचन शर्मा, नगर शिक्षा समिति, चौतारा सांगाचोकगढी नगरपालिका सदस्य हुन )
प्रतिक्रिया दिनुहोस्