२०८१ भाद्र २३
                           

विपन्न परिवारलाई तीन सय बोरा चामल सहयोग

विपन्न परिवारलाई तीन सय बोरा चामल सहयोग

काठमाडौ – सरकारले ११ चैतदेखि घोषणा गरेको लकडाउनले घर फर्कन नपाएर राजधानीमा अलपत्र अवस्थामा रहेका विपन्नलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले राहत वितरण गरेको छ ।
सिन्धुपाल्चोकबाट राजधानी गइ विभिन्न पेशामा आबद्ध मजदूरलाई राहत वितरण गरिएको हो । नेपाली कांग्रेस काठमाडौ जिल्ला कमिटीसँग समन्वय गरेर राहत बाँडिएको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले बताए । अध्यक्ष लामा र सिन्धुपाल्चोक गुम्बा निवासी स्थानीय सञ्जय लामाले व्यक्तिगत रुपमा रकम खर्चेर खाद्य सामग्रीको व्यवस्थापन गरेका हुन् । सञ्जय पनि तरुण दलका महासमिति सदस्य हुन् ।
जिल्लाबाट जोरपाटी, बौद्ध, गोकर्णलगायत क्षेत्रमा बसोबास गरेका ३९ परिवार दृष्टिविहीन, १२ घरपरिवार अपांग र दुई सय ४९ जना दैनिक ज्याला गरेर निर्वाह गर्ने विपन्न परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।
तीन सय परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दाल दिएको लामाले बताए । दृष्टिविहीन र अपांग ५१ परिवारलाई तरुण दलका कार्यकर्ताले घरघरमा चामलको बोरा पु¥याएका थिए । लकडाउनले हातमुख जोड्न समस्या भएको देखेपछि राहत प्रदान गरिएको हो । राहत पाएपछि विपन्न परिवार खुसी भएको दृष्टिविहीन प्रेम लिम्बुले बताए । तरुण दलले यसअघि पनि भोटेकोसी र बाह्रबिसे क्षेत्रमा विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्