२०८१ भाद्र २३
                           

सभामुखद्वारा श्रमिक दिवसका अवसरमा शुभकामना

काठमाण्डौ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् ।
दिवसको अवसरमा श्रमिक वर्गले अग्रगमन तथा साामजिक न्यायका लागि गरेको योगदान तथा बलिदानको स्मरण गर्दै सापकोटाले उनीहरु प्रति उच्च सम्मान व्यक्त गरेका हुन् । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असंगठित र संगठित क्षेत्रका मजदुरहरुले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सृजना भएको भन्दै सभामुख सापकोटाले यो बेला राज्यका तर्फबाट मजदुरवर्गका लागि तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन जरुरी भएको जनाएका छन् ।
कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका मात्रै नभएर श्रमका लागि विश्वबजारमा पुुगेका लाखौं नेपाली मजदुरका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले जारी बन्दाबन्दीका कारण उद्योग धन्दा, कलकारखाना तथा निर्माण परियोजनाहरु बन्द हुँदा श्रम तथा उत्पादनका काम रोकिने अवस्था अवस्था आएको बताए । आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसहित सतर्कतापूर्वक श्रममा जाने वातावरण छिट्टै बनाउनु पर्ने राज्यको दायित्व भएको जनाउँदै सापकोटाले मजदुर वर्गको ठूलो योगदानबाट बनेको नेपालको संविधान– २०७२ ले सुनिश्चित गरेका हक मजदुर वर्गले प्रयोग गर्ने वातावरण छिटै बन्ने विश्वास लिए । उनले स्वदेशमै श्रम अवसरको ग्यारेन्टी, श्रम अनुरुपको पारिश्रमिक र मजदुरको सामाजिक सुरक्षाका विषयमा पहल लिन संघीय संसद सदैव तयार जनाए ।

प्रतिक्रिया दिनुहोस्