२०८१ भाद्र २३
                           

चौतारा माथि कुठाराघात

  • केशबलोचन शर्मा

गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले कान्तिपुर उपत्यकाका राजाहरुको टुक्रे राज्यको अस्तित्व समाप्त पारिदियो । एकीकरण पूर्व उपत्यकामा भक्तपुर, ललितपुर, काठमान्डू, कीर्तिपुर गरी चारवटा शक्तिशाली राज्य थिए । एकीकरणको सफलताको जोशमा नेपालले पूर्वमा दार्जिलिङ्ग, सिक्किम, पश्चिममा कुमाऊ गढवाललाई आप्mनो सीमामा गाभ्न सफल भएको थियो भने दक्षिण पश्चिममा अवस्थित नैनीतालसमेत नेपालमा गाभिएको थियो । सन् १९५० मा नेपाल सरकार र भारतलाई उपनिवेश बनाएर शासन गरिरहेको बेलायती सरकारका प्रतिनीधिबीच एउटा नितान्त पीडादायिक सन्धी भयो जसलाई आम नेपालीले सुगौली सन्धीको नामले चिन्दछन् । यहि सन्धिले नेपालको सीमा खुम्च्यायो अर्थात दार्जिलिङ्ग, सिक्किम, पश्चिममा कुमाऊ गढवाल, नैनीताललाई सदाको लागि गुमायो ।
आधुनिक नेपालको नामले चिनिने त्यो नक्शाको क्षेत्रलाई राजा राजेन्द्र बिक्रम शाहाको कार्यकालमा देशभक्त भनियका प्रधानमन्त्री भीमसेन थापाले बि.सं. १८७३ मा नेपाललाई १० वटा प्रशासनीक जिल्लामा विभाजन गरेका थिए । यस विभाजनमा सिन्धुपाल्चोकको नाम कतै उल्लेख गरिएको भेटिदैन । यसरी नै वीर सम्शेरको प्रधानमन्त्रीत्वकाल (सन् १८८५–१८९०) मा नेपाललाई ३२ वटा प्रशासनीक जिल्लामा विभाजन गरियो । ३२ जिल्लामा पहाडी क्षेत्रमा २० र तराईमा १२ रहेको थियो भने धनकुटा, पाल्पा र डोटीलाई गौंडा ९ऋयलतयलmभलत० तोकिएको थियो । यसरी ३२ जिल्ला निर्धारण गर्दा हालको सिन्धुपाल्चोकको र काभ्रेपलाञ्चोक प्रायः सबै भाग पूर्व १ नं जिल्लामा समावेश गरिएको छ र त्यसको मुख्य मुकाम (सदर मुकाम) चौतारा तोकिएको पाईन्छ । बि.सं. २००५ साल बैशाख १ गते पद्म शमशेर जबराको पालामा घोषणा गरीएको नेपाल सरकार बैधानिक कानुन २००४मा खास केहि उल्लेख गरिएको पाइदैन । बि.सं. २००९ सालमा प्रशासकीय पूनर्गठन समिति (बुच कमिशन)को प्रतिवेदन २००९ मा पृष्ट ५१ मा पनि पुरानै ३२ जिल्लालाई उल्लेख गरेको छ ।
नेपाल प्रशासन पुनर्गठन प्रतिवेदन २०१३ को पृष्ठ २२ मा ३२ वटा जिल्ला र यसको मुख्य मुकाम उल्लेख गर्दा क्रमसंख्या १० मा जिल्ला चौतारा मुकाम चौतारा र पृष्ठ ३५ मा क्रमसंख्या ३ को काठमाण्डौं क्षेत्र अन्तरगत काठमाण्डौं, वीरगञ्ज, राप्ती, चौतारा र त्रिशुली उल्लेख गरिएको छ । त्यसै गरी उक्त प्रतिवेदनमा जिल्ला चौतारा, मूख्य मुकाम चौतारा, क्षेत्रफल १४९३ वर्गमिल र जनसंख्या ३.७० लाख भनेर स्पष्ट उल्लेख गरेको छ । नेपालको संविधान २०१५ अन्तरगत निर्वाचन हुदाँ पनि सिन्धुपाल्चोक जिल्ला भन्ने उल्लेख गरिएको देखिदैन । राजा महेन्द्रले ल्याएको पञ्चायती व्यबस्थाको संविधान नेपालको संविधान २०१९ले भने ७२ वटा जिल्ला प्रशासनीक क्षेत्र निर्धारण गर्दा सिन्धुपाल्चोक जिल्ला भनेर हालको सीमा क्षेत्रलाई तोकेको देखिन्छ ।
यसरी ऐतिहासिककालदेखि गौरवमय इतिहास बोकेको चौताराको अस्तित्वलाई खुम्चाएर एउटा सदरमुकाममा सिमित गरिएको देखिन्छ । संविधान बनाउने समूह वा समितिले कसरी, के श्रोतको आधारले चौताराको सट्टामा सिन्धुपाल्चोक नामाकरण ग¥यो । चौतारा जिल्लाका तत्कालिन राजनीतिक नेता, सामाजिक अभियन्ताले के हेरेर बसें । यसरी चौताराको इतिहाससँग हारेर उल्टै यसको अस्तित्व नै खतरा पार्न खोज्नेलाई चौताराले पहिचान गर्नु पर्दछ । खोजी जारी राखौं ।

प्रतिक्रिया दिनुहोस्