२०८१ भाद्र २३
                           

प्रदर्शनको क्रममा विद्यार्थी नेता पक्राउ


काठमाण्डौ- सरकार सीमा मिचियो कि बेचियो थाहा चाहियो, भत्केको धरहरावाट हाम फाल्ने संसदलाई लिपुलेक लिम्पियाधुरा सीमामा पठाउजस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेको अवस्थामा विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अनेरास्ववियू नेता तथा सेभ बोर्डर नेपाल अभियानकर्मी रविनजंग बस्नेत लगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले संसद् चलेकै बेला संसद् भवन अगाडिको पश्चिम गेटमा लिपुलेक लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्न दवाव स्वरुप लगभग आधाघण्टा धर्ना दिएका थिए ।
प्रदर्शनमा प्रहरी धरपकड तथा लाठी चार्ज भएको थियो । धरपकडमा प्रहरीले नेता बस्नेतसहित १० अभियानकर्मीलाई प्रकाउ गरेको छ । समीर बुढाथोकी मुक्ति, भुमीराज अधिकारी, निर्गराज जैसी, प्रवेश दहाल, गोबिन्द भण्डारी, संघर्ष दाहाल, गोबिन्द बिष्ट, हरि भण्डारी, रामनरेश यादव र हिक्मत महरालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ पछि उनीहरुलाई तिनकुने वृतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्