२०८१ भाद्र २३
                           

प्रगती द्वारा मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषलाई सहयोग

प्रगती द्वारा मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषलाई सहयोग

मेलम्ची/ मेलम्ची स्थित प्रगती अंग्रेजी माविले मेलम्ची नगरपालिकाको कोरोना संक्रमण रोकथाम कोषमा रु. २५ हजार रकम जम्मा गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम जम्मा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताउनु भयो ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि नेपाल बैंक मेलम्ची शाखाले ३५ हजार, नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीहरूबाट १ लाख २५ हजार नगद संकलन गरी कोरोना विपद्कोषमा सहयोग गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी मेलम्ची ११ ले नगरपालिकाको कोरोना विपद्कोषमा ३६ हजार ३५ रुपैँया र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया नगरपालिकाले हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्