२०८२ बैशाख ६
                           

कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय


चौतारा- धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए । उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्पाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको उनले बताए ।
उनको जटिल अवस्था जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा मृत्यु भएको जानकारी आएको डा. देवकोटाले बताए । यससम्बन्धमा थप विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी थप परीक्षण भइरहेकाले सबै विवरण प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने बताए ।
यता मृतकको उपचार भएको सिन्धुपाल्चोको बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोनाको उच्च जोखिममा रहेको भन्दै ‘सील्ड’ गरिएको छ । स्वास्थ्य चौकीलाई सील्ड गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्