२०८१ मंसिर ७
                           

विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोली सहित मन्त्री दुलाल बाह्रबिसे आउँदै


चौतारा– नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमरण दिनप्रति दिन बढिरहेको अवस्थामा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको सक्रियता बढेको छ ।
जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप संक्रमरण फैलिन नदिनका लागि अहिले बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको विज्ञ संलग्न सहितको टोली आज बाह्रविसे आउन लागेको मन्त्रालयले जनाएको छ । टोलीले मृतकसँग सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने जनाएको छ ।
दिन प्रतिदिन बढिरहेको कोरना भाईरसको रोकथाम नियन्त्रण र थप संक्रमरण फैलिन नदिनको लागि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री मन्त्रालयको विज्ञ संलग्न र्यापिड रेस्पोन्स टोलीको अझै प्रभावकारी सक्रियताले कोरोनाबाट हुने जोखिमलाई कम गर्न सकिने मन्त्रालयको स्वास्थ्य टोलीले जनाएको छ ।
गत वैशाख ३० गते भक्तपूरमा २५ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखियो । सुनसरी झुम्का निवासी उनी सिन्धुली हुदै काठमाडौ आएको र बाटोमा निजले सिन्धुलीमा रहेको उनको दिदीको घरमा खाना खाएर आएको थाहा भएपछि सिन्धुली स्वास्थ्य कार्यलयसँग समन्वय गरि र्यापिड रेस्पोन्स टोलीले कन्ट्याक ट्रेसिङ गरी संक्रमरण थप फैलन नदिनको लागि संक्रमितको दिदी र दिदीसँग आएका उच्च जोखिममा रहेका १० जनाको स्वाब परीक्षण गर्यो । जसमा १० जनाकै नतिजा नेगेटिभ आएको टोलीका विशेषज्ञ चिकित्सक डा. मुकेश ढकालले जानकारी दिए ।
त्यसगरी गत जेठ १ गते धादिङ निवासी ३० बर्षे महिलामा कोरोना पोजेटिभ देखियो । काठमाडौ संतुङगल बस्दै आएकी महिला बैशाख १५ गते धादिङ आएको र बैशाख २७ गते काठमाडौ गई परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएको जानकारी स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले जानकारी दिए । उनका अनुसार संक्रमित महिलासँग सम्पर्कमा आएका उच्च जोखिममा रहेका ३६ जनाको स्वाब ¥यापिड रेस्पोन्स टोलीले परीक्षणको लागि लगेको जानकारी दिँदै कोरोना रोकथाम नियन्त्रणमा प्रदेश सरकारको सक्रिय सहभागीताले सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्