मेलम्ची/ कोेरोनाबाट मृत्यु भएका सिन्धुपाल्चोकका सुत्केरी महिलाको शिशुको लागि सिन्धुपाल्चोक मेलम्ची १० शिखरपुरका हाल अमेरिका बसिवास गर्ने दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रुपैँया सहयोग गर्नु भएको छ । उक्त रकम बुबा बिमल चालिसेको नाममा रहेको बैंक खातामा जम्मा गरिदिएको खतिवडाले जानकारी दिनुभयो । शिशुको हेरचाह तथा पोषणको लागि उक्त रकम सहयोग गरेको उहाँको भनाई रहेको छ । खतिवडाले दिए ५१ हजार सहयोग पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताउनुभयो । वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसँगको सम्वन्वयनमा आफूले आर्थिक सहयोग गरेको खतिवडाले बताउनुभयो । अमेरिकामा बस्दै आएका मेलम्ची नगरपालिका ११ खतिवडाल आमा गुमाएका बच्चालाई पोषण र हेरचाहका लागि दिएको उनले बताउनुभयो । खतिवडाले दिएको रकम परिबारका सदस्यलाई हस्तान्तरण गरिने मन्त्री दुलालले बताए । महिलाको गत विहिबार कोरोनाका कारण मृत्यु भएको थियो । यसअघि शिशुका लागि पूर्वमन्त्री मोहन बहादुर बस्नेतले ५० हजार नगद सहित विभिन्न सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्