२०८१ भाद्र २३
                           

बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा निर्वाचित

बाह्रबिसे नगरपालिकाले नयाँ मेयर पाएको छ नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवारी दिने निमफुन्जु शेर्पालाइ भारि मतले पछि पार्दै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका बालकृष्ण बस्नेत मेयर बन्नु भएको छ ‌। यसका साथै बाह्रबिसे नगरपालिकामा उप मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुहुने मन्जु तामाङले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिने सुशीला पाख्रिनलाइ पछाडि पार्दै विजयी भएका छन् ‌ । बाह्रबिसे नगरपालिका १,२,३,४,५ क्रमशः नेपाली कांग्रेसका वडाध्यक्षले जित हात पार्दा नेकपा एमालेले वडा नं ६ मा खाता खोल्न सफल भएको थियो यसैगरी ६ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी भए र ८ र,९ नेपाली कांग्रेसको वडाध्यक्ष विजयी भएको छ ।
मेयर
नेपाली काङ्ग्रेस बालकृष्ण बस्नेत मेयर ७७२८
एमाले निम्फुन्जो शेर्पा ५४३३
उपमेयर
मन्जु तामाङ ६९७७
शुशिला पाख्रीन ५९९०

प्रतिक्रिया दिनुहोस्