३ जेठ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।
माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत ल्याए ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् । चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नी प्रसाद सापकोटाका भाई हुन् । ०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकनमा माओवादीलेनै जितेको थियो । अहिले सम्म सिन्धुपाल्चोकमा सात वटा नगर ÷ पालिकाको अन्तीम मतपरिणाम सार्वजनिक भैसकेको छ जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका ,भोटेकोशि गाउँपालिका , हेलम्बु गाउँपालिका , बलेफि गाउँपालिका , त्रिपुरासुन्दरी गाउँपालिका , ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
नेकपा माओवादी केन्द्रको २ , नेपाली काङग्रेस ४ , १ नेकपा एमालेले प्रमुख पदमा बिजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणणा भने जारी छ ।
प्रतिक्रिया दिनुहोस्