२०८१ भाद्र २३
                           

त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका बोहोरा निर्वाचित

जेठ ३,  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ । गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४ हजार २२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन् । उनले ४ हजार १५६ मत ल्याउदा एमालेकी सविता श्रेष्ठले ३ हजार ८८९ मत ल्याइन् ।

गाउँपालिकामा रहेको ६ वडामध्ये कांग्रेस एक्लैले पाँच वडामा अध्यक्ष जितेको छ । स्थानीय निर्वाचन २०७४ मा पनि नेपाली कांग्रेसको तर्फबाट बोहरा उम्मेदवार थिए । उनले त्यतिबेला २ हजार ७०७ मत ल्याएर एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठसँग पारजित भएका थिए ।

श्रेष्ठले २ हजार ९०८ मत ल्याएका थिए । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिक यात्रा तय गरेका अध्यक्षमा निर्वाचित बोहरा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिवसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्