२०८१ भाद्र २३
                           

इन्द्रावतीमा झम्क नेपालले जिते

जेठ ३, इन्द्रवती गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । यहाँ अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने चुनाव जितेका छन् ।

सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले ६ हजार ५१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका लामाले ६ हजार ४७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६ हजार ५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६ हजार ४७० मत ल्याएकी छन् ।

माओवादी अध्यक्षका उम्मेदवार ठुलोबाबु श्रेष्ठले ४ हजार १६३ मत ल्याएका छन् । १२ वडा रहेको इन्द्रावतीमा एमालेले ५, कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्