२०८१ भाद्र २३
                           

२२ घण्टादेखि पाँचपोखरीमा रोकिएको मत गणना अझै सुरु हुन सकेन

सिन्धुपाल्चोक,४ जेठ
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा २२ घण्टादेखि रोकिएको मत गणना अझै सुरु हुन सकेको छैन । वडा नम्बर ५ गुन्सामा मत गणनाका क्रममा विवाद भएपछि मत गणना कार्य रोकिएको हो । निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसक्दा त्यहा मत गणना सुरु हुन सकेको छैन । मत गणना सकिदा एमाले ९ मतले अगाडि देखियो । १२ सय ३ मत अर्धकट्टी छ भने ढ्वाङमा १२ सय मात्र मत देखिएपछि त्यहा विवाद भएको हो । ३ मतपत्र हराएपछि कांग्रेसको विरोधमा रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

वडा न.ं ४ सम्म भने मतगणना सम्पन्न भईसकेको छ । वडा न.ं १ , ३ नेकपा कम्युनिष्ट पार्टी एमाले ,वडा न.ं २ मा नेपाली काग्रेस , वडा न.ं ४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै छ । माओवादी र काग्रेस गठबन्धनका उम्मेद्वार दोश्रो क्रममा छन् । जिल्लामा ८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ भने मेलम्ची, लिसंखु र सुनकोसीको गणना अन्तिम चरणमा पुगेको छ । मेलम्ची नगरपालिका र सुकोसिमा कांग्रेसको अग्रता कायमै छ भने लिसंखुपाखरमा माओवादीको अग्रता देखिन्छ ।

यसअघि कांग्रेसले हेलम्बु, भोटेकोशी, त्रिपुरासुन्दरी, बाह्रविसे मा , एमालेले इन्द्रावती र माओवादीले बलेफी, चौतारा र जुगमा पालिका प्रमुख जिति सकेको छ ।

प्रतिक्रिया दिनुहोस्