जेठ ४ – सिन्धुपाल्चोकको १२ वटा स्थानीय तह मध्ये ९ वटा पालिका ÷नगरको अन्तिम मत परिणाम आएको छ । चौतारा सागाँचोकगढी नगरपालिका ,बाह्रबिसे नगरपालिका , बलेफी गाउँपालिका , भोटेकोसी गाँउपालिका, जुगल गाउँपालिका,त्रिपुरासुन्दरी गाउँपालिका , ईन्द्रवती गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मत परिणाम आएको हो । सो पालिका÷नगरमा पाँचमा नेपाली कांग्रेस , तिन नेकपा माओवादी, एक एमालेले बिजयी हासिल गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत ल्याए ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् । चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नी प्रसाद सापकोटाका भाई हुन् । ०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकनमा माओवादीलेनै जितेको थियो ।
सो नगरपालिकामा १४ वडा रहेका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी वडा नं. १, वडा नं. ४,६,११,१२ र १३ नेकपा माओबादी केन्द्र , नेपाली काङग्रेस वडा नं. ७,८,९,१० वडा नं. २,३ ,५ र १४ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बाह्रबिसे नगरपालिका
बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले जित निकालेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रविसेमा अघिल्लो पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले जित निकालेका थिए । एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यस पटक उनै शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पारेका छन् ।
नेकपा एमालेका मेयरका उम्मेदवारी निमफुन्जो शेर्पाले ५ हजार ४ सय ३३ मत ल्याँउदा बालकृष्ण बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजयी भएका छन् । उपमेयर पदमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख शुशिला पाख्रीन समेत पराजित भइन् । पाख्रिनले ५ हजार ९ सय ९० मत ल्याँउदा नेपाली कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार ९ सय ७७ मत ल्याएर बिजयी हासिल गरिन् ।
सो नगरपालिकामा ९ वडा रहेका छन् । जसमा वडा नं. १,२,३,४,५, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. ६ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेलम्ची नगरपालिका
निकै चासोको केन्द्रमा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख पद काङ्ग्रेसले जितेको छ । एमाले र काङ्ग्रेसबिच भएको तिब्र प्रतिस्पर्धामा एमालेका बालकृष्ण देउजालाई पराजित गर्दै काङ्ग्रेसका आईतमान तामाङले मेयरमा बाजि मारे । तामाङले झिनो ९३ मतले देउजालाई पराजित गर्नुभएको छ । यस्तै उपमेयरमा भने एमालेका उमा प्रधान बिजयी भएकी हुन् ।
मेलम्ची वडा नम्बर १,२,३,७,११ र १३ मा एमालेका उमेरद्धार अध्यक्षमा निर्वाचीत भयो भने बाकि वडा काग्रेसले जितेको छ ।
बलेफी गाउँपालिका
बलेफी गाउँपालिकामा अध्यक्षमा माओवादी ÷समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भएकि छिन् । गठबन्धनका अध्यक्ष उम्मेदवार गंगा तामाङले ४ हजार ६ सय ६६ मत ल्याएर विजयी भए भने नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार सुवास तिमल्सिनाले ४ हजार १ सय ५ मत ल्याएर पराजित भए ।
नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले ३ हजार ३८ मत ल्याएका छन भने एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले ३ अजार ६ सय ३३ मत ल्याएर दोस्रो बन्दा कांग्रेसकै उपाध्यक्ष उम्मेद्वार सरु लामा तामाङले भने ४ हजार ३ सय ९४ मत ल्याएर विजयी बनिन् ।
सो पालिकामा ८ वडा रहेका छन् । जसमा वडा नं. १,२,३, ५ , ७ र ८ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. ४ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारी विजयी भए । वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
भोटेकोसी गाँउपालिका
भोटेकोसी गाँउपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । नेपाली कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्ष पदमा २ हजार ६ सय ५ मत ल्याए भने उनका प्रत्यासी नेकपा एमालेका अध्यक्ष अमृत खड्काले २ हजार ४८ मत ल्याएर पराजित बने । नेपाली कांग्रेसका उपाध्यक्ष पदमा दिछेन शेर्पाेले २ हजार ७ सय १२ मत ल्याएर विजयी भए भने नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलिमाया लामा श्रेष्ठले २ हजार ५ सय ५३ मत ल्याएर पराजित बनिन् ।
यसअघि नेकपा माओवादी केन्द्रको पोल्टामा रहेको सिन्धुपाल्चोकको भोटेकोसी गाँउपालिकामा यसपटक भने नेपाली कांग्रेसले जित निकालेको छ । निवर्तमान गाउँपालिका अध्यक्ष एवम् माओवादी केन्द्रका उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङले १९१८ र १६१२ मत ल्याएर तेस्रो भएका छन् ।
सो पालिकामा ५ वडा रहेका छन् । जसमा वडा नं. १,२ र ५ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यस्तै वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार लालटिन चिन्हका निमा सोना शेर्पा विजयी भएका छन् ।
हेलम्बु गाउँपालिका
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । सो पालिकामा अध्यक्ष ÷उपाध्यक्षमा नेपाली कांग्रेस आएको छ । निवर्तमान अध्यक्ष शेर्पाले ५ हजार ३ सय ८६ मत ल्याएर विजयी हुदाँ अध्यक्षका प्रत्यासी नेकपा एमालेका उम्मेदवार दावा लामाले ४ हजार ६ सय ३ मत ल्याएर दोस्रो भएका छन् ।
नेपाली कांग्रेसकै अप्सरा लामिछाने उपाध्यक्षमा ५ हजार २ सय १४ मत ल्याएर विजयी भईन भने उपाध्यक्षका प्रत्यासी एमालेबाट गंगा अर्याल ४ हजार ६ सय ७१ मत ल्याएर दोस्रो भईन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य ८ सय १३ र १०० मत ल्याएर तेस्रो भए ।
सो पालिकामा ७ वडा रहेका छन् । जसमा वडा नं.१ ,२,४,५ र ७ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं.३ र ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
ज्ुागल गाउँपालिका
ज्ुागल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङबो र नेपाली काङग्रेसका उपाध्यक्ष पदमा हिमाल कुमार श्रेष्ठ विजयी भएका छन् ।
माओवादी केन्द्रका रेशम स्याङबो ५ हजार ५ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका जय बहादुर लामाले ४ हजार ४ सय१५ मत ल्याए । उपाध्यक्ष नेपाली काङग्रेसका हिमाल कुमार श्रेष्ठले ४ हजार ७ सय ६८ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेका सुनिता थापाले ३ हजार ७ सय ७ मत ल्याइन् ।
ज्ुागल गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काङग्रेसबीच चुनावी तालमेल भएको थियो । सो पालिकामा ७ वडा रहेका छन् । जसमा वडा नं.१ ,६ र ७ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. २ ,३ ४ र ५ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ । गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४ हजार २२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन् । उनले ४ हजार १५६ मत ल्याउदा एमालेकी सविता श्रेष्ठले ३ हजार ८८९ मत ल्याइन् । गाउँपालिकामा रहेको ६ वडामध्ये कांग्रेस एक्लैले पाँच वडामा अध्यक्ष जितेको छ । सो पालिकामा ६ वडा रहेका छन् । जसमा नेपाली काङग्रेस वडा न १,२ ,४ ,५ र ६ वडा नं. ३ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
ईन्द्रवती गाउँपालिका
इन्द्रवती गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । यहाँ अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने चुनाव जितेका छन् ।सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालले ६ हजार ५ सय १३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका लामाले ६ हजार ४ सय ७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६ हजार ५ सय १३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६ हजार ४७० मत ल्याएकी छन् ।
माओवादी अध्यक्षका उम्मेदवार ठुलोबाबु श्रेष्ठले ४ हजार १ सय ६३ मत ल्याएका छन् । १२ वडा रहेको इन्द्रावतीमा एमालेले ५, कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडामा जितेको छ ।
सो पालिकामा १२ वडा रहेका छन् । जसमा वडा नं. ७ ,१२ नेकपा माओबादी केन्द्र , नेपाली काङग्रेस वडा नं. २ , ४ , ८ ,१० ,११ वडा नं. १ , ३ , ५,६ , ९ नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुधबार बिहान सम्म सिन्धुपाल्चोकमा ८ वटा नगर÷पालिकाको अन्तीम मतपरिणाम सार्वजनिक भैसकेको छ जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका ,भोटेकोशि गाउँपालिका , हेलम्बु गाउँपालिका , बलेफि गाउँपालिका , त्रिपुरासुन्दरी गाउँपालिका , ईन्द्रवती गाउँपालिका ,जुगल गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
अब घोषण हुन बाकि ३ पालिका मध्य पाँचपोखरीमा मतगणना विवादका कारण रोकिएको छ भने सुनकोसि र लिसंखुमा अन्तिम ७ नम्बर वडाको गणना कार्य जारि छ । अहिले लिसंखुमा माओवादिको अग्रता छ भने सुनकोसिमा काग्रेसको अग्रता छ ।
प्रतिक्रिया दिनुहोस्