२०८१ भाद्र २३
                           

लिसंखुपाखरको प्रमुखमा माओेवादी, सुनकोसिमा एमाले विजयी

जेठ ५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजु लामा   निर्वाचित भएका छन्। लिसंखुमा माओवादिले जितेसंगै सिन्धुपाल्चोकमा माओवादीले ४ पालिकामा प्रमुख पद जितेको छ । लिसंखुपाखरसहित माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका प्रमुख जितेको छ।
यस्तै सुनकोसी गाउँ पालिकामा नेकपा एमाले र माओवादी केन्द्र बिच बाम गठबन्धनबाट अध्यक्षमा टपिन्द्र तिमिल्सिना निर्वाचीत भएका छन्। तिमल्सिनाले ५९२५ मत ल्याउदा जिसिको ५७९१ मतमा प्रमुख जितेको छ।

गठबन्धनबाट उपाध्यक्षमा माओवादीबाट दुर्गा थापा साझा उमेदवार थिन् । तर थापालाई हराउदै काग्रेसबाट उपाध्यक्ष पदमा कान्छीमाया तामाङ निर्वाचित भएकी छन् ।सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये ११ वटा पालिकारनगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, चार पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र दुई पालिका प्रमुख जितेर एमाले तेस्रो दलका रुपमा रहेको छ ।

बाँकी १ पालिकाको परिणाम आउँदा पनि अहिलेसम्मको दलीय समिकरण फेरिन सक्ने अवस्था छैन। परिणामले एमालेले आफुलाई ०७४ सालको तुलनामा खुम्च्याएको, कांग्रेस र माओवादी केन्द्रले जनमत बढाएको देखाउँछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १ देखि ५ सम्म आउदा गाउँपालिका अध्यक्ष पदमा एमालेको ३५६४ मत छ भने अग्रता गठबंधनको २७२६ मत छ ।
वडा नं ५ गुन्सामा पुनस् मतगणना बाट एमाले विजयी भएको छ । अहिले वडा न ६ थाङपालधापको गणना हुँदै गर्दा एमालेको अग्रता कायम छ ।
सिन्धुपाल्चोकमा ०७४ सालको निर्वाचनमा मोवादीले दुई पालिका मात्रै जितेको थियो भने एमालेले सात र कांग्रेसले ३ पालिका जितेको थियो।

प्रतिक्रिया दिनुहोस्