२०८१ भाद्र २३
                           

गुन्सामा काग्रेस माओवादी र एमाले कार्यकता बिच झडप

जेठ ५ ,  पाँचपोखरी थाङपाल गाउँपालिकाको गुन्सामा काग्रेस माओवादी र एमाले कार्यकता बिच झडप भएको छ । माओवादी नेता अर्जुन लोप्चनलाई लिन मोटरसाईकल मार्फत पालिका जादै गरेका काग्रेसका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेपछि विवाद वढेको हो । एमाले कार्यकर्ताले उनिहरुको मोटरसाईकल समेत तोडफोड गरेका थिए । आक्रोसित माओवादी र काग्रेस कार्यकर्ताले वडा अध्यक्षमा निर्वाचित काले गोलेको गुन्सा स्थित घरमा तोडफोड गरेका छन् । तोडफोड पछि निर्वाचित वडा अध्यक्ष गोलेको घरका सिसा फुटेका छन् । कार्यकर्ता बिचको झडप र बदला लिने मनस्थितिले गुन्सामा स्थिती तनावग्रस्त बनेको स्थानीयले बताएका छन् सुरक्षा निकाय गुन्साको स्थितिबारे बेखबर छ ।

प्रतिक्रिया दिनुहोस्