२०८१ भाद्र २३
                           

पाँचपोखरीमा अध्यक्ष र उपाध्यक्ष पुरनै दोहोरीए

जेठ ६- सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । स्थानियतह निर्वाचन २०७९ मा पनि विजयी भएर पुन गाउँपालिको कार्यकालमा पाँच वर्षका लागि दोहोरिएका छन् । जिल्लामा अन्तिम मतपरिणाम आएको यस गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार टासि ह्योल्मो लामा ५ हजार ६ सय ८मत प्राप्त गरी विजयी हुनुभएको छ । लामाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका दोर्जे लामाले ४ हजार ४५ मत ल्याउनु भएको थियो । पालिकामा उपाध्यक्ष पदमा पनि एमालेकै उम्मेदवार विजयी भएको छ । उपाध्यक्ष पदमा नेकपा एमालेका सुनिता अधिकारीले ५ हजार ७ सय २२ मत ल्याउनु भएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगा कुमारी चापागाईले ४ हजार ३ सय ९३ मत ल्याउनुभएको थियो । यस गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । जसमध्य ६ वडामा नेकपा एमालेका उम्मेद्वार, एउटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार र एउटा वडामा राप्रपाले जित हात पारेका छन् । यो संगै सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानियतहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्